लकडाउनले फेरेको ब्यावसाय ड्रयागन फुटबाट बार्षीक १ करोड आम्दानी - Sainokhabar
  • शनिबार, असार १८, २०७९

लकडाउनले फेरेको ब्यावसाय ड्रयागन फुटबाट बार्षीक १ करोड आम्दानी

साइनाे समाचारदाता पथरी/ फागुन २०

लकडाउनको असरबाट कृर्षी ब्यावसायमा लागेका सुनवर्शी नगरपालीका १ का गणेश राई यतिबेला आफ्नो ब्यावसायबाट सन्तुस्ट रहेका छन । निर्माण ब्यावसायी राई लकडाउनका समयमा ब्यापार चैपट भए संगै ड्रायगन फ्रुट खेतीमा लागेका उनि यतिबेला ४/५ जना कामदार संगै बारीमा भेटीने गरेका छन ।

सुनवर्शी नगरपालीका वडा नं. १ का राईले तुर्छा ड्रायगन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममा सायमा रेड सि प्रजाती (रातो फल) दिने ड्राईगन फुट लगाएका छन । ११ महिना अगाडी सुरु गरेको ब्यावसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएन्न । १ करोड माथिको लगानीमा आफ्नै ३ बिघा क्षेत्रफलमा लगाएको ड्रायगन खेतिले राईको लगानी उठाइ सकेको छ । प्रतिकेजी ६/७ सय पर्ने ड्रायगन फ्रुट राईकाे फर्ममा ३२ सय पोल रोपे रहेकाे छ । १ पोलबाट बार्षीक १ सय ५० केजि उत्पादन हुने गरेको छ । ड्रायगन फ्रुट संगै भित्र भित्र बुटे खेली गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सुरु गरेको दोस्रो बर्षबाट आम्दानी दिने गरेको राईको भनाई छ ।

राईले हाल सायमा रेड सि प्रजाती बोटका विरुवा बेचेर लगानी उठाइ सकेका छन । बजारमा सायमा रेड सि प्रजाती (रातो फल) दिने ड्राईगन फुटको माग बढि भएका कारण राई अन्य ५ जना युवाको साथमा अर्को फर्मको तयारीमा रहेका छन । यसै बर्ष १४ लाखको बिरुवा बेचेर ७० लाखको विरुवा अर्को फर्मलाई पठाउने तयारीमा छन ।
ठुलो चुनैती मोलेर ३२ सय पोल रोपेको फर्ममा थिए ३ महिना १५/२० जनाले रोजगार पाएका थिए । हाल फर्ममा ४ जनाले रोजगारी पाएका छन । सुख्खा र पानी नजम्ने नेपालकाे सबै ठाउमा याे खेती गर्न सकिने राईले बताए ।  एक पटक लगानि गर्दा कम्तिमा २५ बर्ष सम्म आम्दानी दिने ब्यावसायी खेती भएकाले यस प्रति कृषकको आकर्षण बढेदै गएको छ ।

थोरै लगानीमा सानो क्षेत्रफलमा आफ्नै देशमा परिश्रम गरे रोजगारको लागी बिदेशिनु नपर्ने राईको भनाई छ । ड्रायागन फ्रुट खेतीका लागी प्रतिकठ्ठा १ लाख लागे पनि दोस्रो बर्ष देखी लगानी उठ्ने उनको भनाई छ । आफुले जस्तै कसैले याे ब्यावसाय गर्ने याेजना भए आफुले जानेकाे ज्ञान दिने  राईले बताए ।

सम्बन्धित खवर