लेटाङमा राष्ट्रिय भुमि आयोगको स्थानीय सेवा केन्द्र उद्घाटन - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

लेटाङमा राष्ट्रिय भुमि आयोगको स्थानीय सेवा केन्द्र उद्घाटन

साइनाे समाचारदाता पथरी/ फागुन १९

राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले मङ्गलबार लेटाङमा भुमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासी स्थानीय सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ ।

कार्यलय उद्घाटन भए संगै लेटाङमा भुमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासी समस्या समाधान हुने आशा पलाएको छ । लेटाङ नगरपालिकामा मात्रै १७३ भुमिहीन दलित, ५३८ भुमिहीन सुकुम्बासी र ३४३९ अब्यबस्थित बसोवासी रहेको तथ्यांक छ । ती मध्ये नयाँ आयोग गठन भएपछि ४० भुमिहीन दलित, २१० भुमिहीन सुकुम्बासी र ३२७ अब्यवस्थित बसोवासी थप भएका छन । ४ हजार १५० मध्ये ५७७ ले नयाँ प्रविष्ट गरिसकेको र प्रविष्टहुने क्रमजारी रहेको प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताउनुभयो ।

२०२४ साल देखि लेटाङ नगरको मुख्य बजार नै कानुनी रुपमा अब्यबस्थित रहेको भन्दै नगर प्रमुख शङ्कर राईले साढे ३ दशक देखिको समस्या स्थायी रुपमा समाधान गर्न नगरपालिकाले तयार रहेको बताउनु भयो ।

लेटाङका पुर्व प्रधानपञ्च नीरबिक्रम किराँतीले चिसाङ खोला पीडितलाई २०२२ सालमा स्थानान्तरण गरि बसोवास गराइएको लेटाङ बजार ५६ वर्ष सम्म समाधान हुन नसकेको प्रति दुख ब्यक्त गर्नुभयो । लेटाङमा एउटै जमिनको दुईवटा नक्शा भएकोले पटक पटक बनेका आयोगले नक्शा बनाएर थप समस्या उत्पन्न भएको स्थानीय बताउछन ।

कार्यलयको उद्घाटन गर्दै आयोग अध्यक्ष निरौलाले सरकार भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासीलाई जग्गा धनी बनाउने यो नै अन्तिम आयोग भएको बताउनु भयो । समस्या केन्द्रीत भएर सबै दलका प्रतिनिधिले सहयोग गरे भुमिहीन सम्बन्धि समस्या समाधान गर्न सकिने बताउँदै उहाँले राजनीति भन्दा माथि उठेर काम गर्न आब्हान गर्नुभयो । निरौलाले सुकुम्बासीका समस्यालाई चुनाबी भोटको रुपमा प्रयोग नगर्न दलका नेताहरूसँग आग्रह गर्नुभयो ।

भुमि आयोगका मोरङ अध्यक्ष सुशीला घिमिरेले लेटाङको समस्या अन्य पालिकामा भन्दा फरक देखिएकोले यो समस्या समाधानका लागि नयाँ कार्यबिधि बनाएर भए पनि अघि बढ्ने बताउनुभयो । भुमी आयोेगका नापी अधिकृत मणि रेग्मीले यो समस्या समाधान गर्न नयाँ कार्य विधि निर्माणका लागि राष्ट्रिय भुमि आयोगलाई सिफारिस गर्ने बताउनुभयो ।

सम्बन्धित खवर