लागुऔषध सहित कटहरीका ३ युवा पक्राउ । - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

लागुऔषध सहित कटहरीका ३ युवा पक्राउ ।

रबिन्द्र बराल फाल्गुन १५/   मोरङ धनपालथान गाउँपालिका २ स्थित खयरवना बोडरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । बिहीबार प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को ३ प ६२९ नंम्बरको TVS मोटरसाईकलमा सवार रहेका उनिहरुलाई चेक जाँचक क्रममा पत्क्राउ परेका हुन ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ४ बस्ने वर्ष २३ का इस्माईल मिया, सोहि स्थान बस्ने वर्ष २३ का सेख वेलाल मिया र बस्ने वर्ष २८ का सेख वेहालुन मियालाई लागुऔषध सहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट Nitravet Tablet- १५ पत्ता ४५० गोट्टी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल मा प्रतिबन्धित लागुऔषध लिएर भारत बाट अबैध रुपमा नेपाल तर्फ आउदै गरेका तीन जना लाई पक्राउ गरेको हो । उनिहरुलाई अनुसन्धान का लागी जिल्ला अदालत मोरङबाट दिन ५ म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

सम्बन्धित खवर