पुस ३० मा हुने सिन भिलेज म्यूजिक कनर्सटमा प्रमोद खरेल आउदै - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

पुस ३० मा हुने सिन भिलेज म्यूजिक कनर्सटमा प्रमोद खरेल आउदै

साइनाे समाचारदाता पथरी/ पुस ३० गते मोरङको पथरी शनिश्चरेमा सिन भिलेज म्यूजिक कन्र्सट हुने भएको छ । कन्र्सटको मुख्य आकर्षक द भ्वाइस किर्डका चर्चित गायक प्रमोद खरेलका साथमा बबिना किराती स्थानिय गायक नन्दु गुरुङ, सुरेश धिमाल, सिद्धान्त खड्का, ताराबीर पाण्डे लगायतले प्रस्तुती दिने भएका छन् ।


सिनभिलेज पार्टि प्यालेसको आयोजनामा हुन गएको म्युजिक कन्सर्ट हेर्नका लागि अयोजकले २५० र १ हजार टिकट राखेको छ । मनोरञ्जनका लागि नर्मल टिकट २५० र परिवार सहितको भिआइपी टिकट १ हजार रहेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
पारिवारीक वातावरण, साङ्गेतीक मनोरञ्जन सहित रेस्टुरेन्टको सुविधा रहेको सिन भिलेजले भिआइपी टिकट खरिदमा १ वर्ष सम्म १० प्रतिशत छुट सेवा प्रदान गरेकोे संचालक दिपक बुढाथोकीले जानकारी दिए ।


सिन भिलेज रिसोटमा सुविधा सम्पन्न १८ वटा रुम, एसि सहितको सेमिनर हल, रेस्टुरेन्ट, स्वीमिङ पुल, ब्याडमिटन कोड रहेको छ । आगामी दिनमा सिन भिलेजलाई हेल्थ क्लवका रुपमा पनि विकास गर्ने लक्ष्य लिएको जनाएको सिन भिलेजका अध्यक्ष टंक बहादुर गुरुङले बताए ।
लामो समय सम्म मोरङको पथरी शनिश्चरे आसपासमा कुनै पनि ठुला साङ्गेतीक कार्यक्रम हुन सकेको छैन ।

सम्बन्धित खवर