त्रिमुर्ति सहकारीमा अध्यक्षकाे हालिमुहाली, प्रमाण बाहिरिदा समेत सहकारी संगठन मैन - Sainokhabar
  • आइतबार, असार १९, २०७९

त्रिमुर्ति सहकारीमा अध्यक्षकाे हालिमुहाली, प्रमाण बाहिरिदा समेत सहकारी संगठन मैन

रबिन्द्र बराल रंगेली/ रंगेली नगरपालिका ९ बेलचाेकमा रहेको त्रिमुर्ति सहकारी संस्थाका सेयर सदस्यहरुले अध्यक्ष तथा समितिद्वारा सहकारीमा आर्थिक अनियमितता गरेको आराेप लगाएका छन । सेयर सदस्यहरुले मंगलबार पत्रकार सम्मेलन गरि सहकारी संगठनलाई यस विषयमा चासाे लिन आग्रह समेत गरेका छन ।
विगत देखिनै सहकारीमा अध्यक्षले अनियमितता गर्दै आएकाे र सहकारी निति नियम विपरित संचालन हुदा सम्म सहकारी संगठनहरु मैन रहेकाे भन्दै सेयर सदस्यहरुले न्याय दिलाई दिन अनुराेध गरेका छन । स्थापना काल देखिनै सहकारीमा एउटै अध्यक्ष तथा समिति रहि हालिमुहाली गर्दा सम्म पनि सहकारी संगठनहरु मुख दर्शक बनिरहेकाे आराेप समेत लगाएका छन । स्थापना काल देखि एउटै अध्यक्ष र समिति रहेका कारण सहकारीमा भ्रष्टाचार बढ्दै गएकाे र गाउँका साेझासाझा सेयर सदस्यहरु ठगिदै आएका छन । समितिका अध्यक्ष चन्द्र प्रसाद निराैला लगायतका समित ठाउँ ठाउँमा हिनामिना गरेता पनि सदस्यहरु सहकारी सम्बन्धी जानकार नभएका कारण ठगिने गरेकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
आर्थिक वर्ष २०७४/७५ सालमा जग्गा खरिद गर्दा कुनै पनि सार्वजनिक सुचना नगरिकन समितिले आफु खुशी जग्गा खरिद गरेका थिए । जग्गा खरिद गर्दा मालपोत कार्यालय रंगेलीको राजिनामा पास कागजमा रु.१० लाख ६१ हजारका दरले १ कठ्ठा १० धुर जग्गा १५ लाख ५१ हजार ५ सय रुपैयाँमा खरिद गरिएक थिए । तर सहकारीले पास खर्च ६३ हजार ६ सय ६० रुपैयाँ सहित १६ लाख ५५ हजार १ सय ६० रुपैयाँ खर्च भएकोमा समितिका अध्यक्ष तथा सदस्यहरुले रु.१७ लाख ६१ हजार ७ सय ३० रुपैयाँ खर्च देखाएका छन । ०७४/७५ को अडिट रिपोर्टमा जग्गा खरिद गर्न रु.१७ लाख ६१ हजार ७ सय ३० रुपैयाँ उल्लेख गरिएको देखिन्छ ।
जग्गा खरिद समितिले १ लाख ६५ हजार ७० रुपैयाँ रकम सहकारीकाे संचालक समितिले हिनामिना गरेको भेटिएको छ । त्यसैगरी २०७५ सालको साधारण सभाद्वारा गठित छानविन समितिको प्रतिवेदनमा अध्यक्ष चन्द्र प्रसाद निरौला र लेखा संयोजक दिप नारायण चौधरीले ऋण भाखा नाघेको हर्जना वापत अध्यक्ष निरौला ले ६ हजार ३ सय २८रुपैयाँ र लेखा संयोजक चौधरीले ५ लाख ६ हजार ३४ रुपैयाँ असुल गर्नु पर्ने देखिए पनि हाल सम्म नतिरेको पत्रकार सम्मेलनमा बताए । आर्थिक वर्ष २०७३/७४ मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण लैजादा अध्यक्ष निरौलाले बाटाेमा शेयर सदस्यहरु संग रकम उठाएको तर संस्थामा आम्दानी नदेखाई साे रकम आफैले चलाई हिनामिना गरेको छानविन समितिले ठहर गरे पनि आज सम्म संस्थामा नबुझाई हिनामिना गरेको आराेप समेत लगाएका छन ।
प्रत्येक बैठकमा समितिले बैठक भक्ता लिएर संस्थाको हिसाब देखिएकाे तर प्रत्येक वर्ष रु.२० हजार रुपैयाँको हाराहारीमा आ.ले.प.खर्च भनि हिनामिना गरेको समेत देखिएको छ । ७४/७५ मा संस्थाका तत्कालिन व्यवस्थापक महा प्रसाद दाहालले संचालक समितिका सदस्य यवराज कोईरालालाई आन्तरिक राजश्व कार्यलय, विराटनगरमा अग्रिम आय कर दाखिला गर्न दिएकाे रु.१ लाख ,६४ हजार रुपैयाँ रकम कर कार्यालयमा जम्मा गरि भौचर नदिई व्यवस्थापक दाहाललाई संचालक समितिले उक्त रकमको ऋिण भनी तमसुक गराएकाे थियाे । दाहाललाई हाल सम्म सहकारीले उत्त रकमकाे व्याज तिराएको छ । तर यस आर्थिक वर्षको अडिट रिपोर्टमा दाहालले उत्त रकम पाउने देखिए पनि हाल सम्म समितिले फिर्ता नदिने पत्रकार सम्मेलनमा बताए ।
त्यसैगरी नेपाल सरकारको अनुदानकाे रसायनिक मल युरिया प्रति बोरा रु ८ सय ६२ रुपैयाँ ५० पैसा र डि.ए.पी. रु.२ हजार ३ सय १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गर्नु पर्ने रासायनिक मल रु.८सय ८० देखि १ हजार र डि.ए.पी. रु.२ हजार ३सय ५० रुपैयाँ देखि २४ सय रुपैयाँ मा बिक्री गरेका थिए । तर समितिले संस्थामा भने युरियाको रु.८ सय ६५ रुपैयाँ र डि.ए.पी.रु.२ हजार ३ सय १५ रुपैयाँको मात्र बिल काटी बाँकी रकम देखाएका छन । रंगेली नगर पालिकाको निर्णय विपरित युरियामा समेत समितिले आर्थिक हिनामिना गरेको समेत आराेप लगाएका छन ।
७३/०७४ को साधारण सभामा निर्वाचन मण्डलका संयोजक लोकेन्द्र बस्नेतले निर्वाचन प्रकृया समेत घोषणा नगरिकन उम्मेद्वारहरु संग सहमती नगरि राता रात निर्वाचन गराएको र यस पटक पनि संचालक समितिले आफ्नो पक्षमा निर्वाचन मण्डललाई पुनः राति चुनाव गर्नका लागि पुरानै निर्वाचन संयोजक तोकेको हुंदा साधारण सभाबाट निर्वाचन मण्डल बनाउनु पर्ने पत्रकार सम्मेलामा माग राखेका छन । पुनः साेहि अध्यक्ष तथा सदस्यहरु सहकारीमा आउनका लागि पाटिगत रुपमा अगाडि बडिरहेका छन । पार्दशी रुपमा सहकारीको हिसाब हुने हाे भने अध्यक्ष चन्द्र प्रसाद निराैलाकाे टिम ले १ देखि २ लाख रुपैयाँ सम्म भ्रष्टाचार गरेको रकम तिर्नुपर्ने हुन्छ । साेहि कारणले पुनः सहकारीमा निर्वाचित भए उनिहरुले कुनै रकम नतिर्ने भएको कारणले गर्दे साे समुहनै सहकारीमा आएर हालिमुहालि गर्ने समेत लागि परेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
सहकारीका अध्यक्ष चन्द्र प्रसाद निराैला आफूले सन्चालन गरेको हाडवियर पसल र ग्यास बिक्रेता भएको र साेहि सहकारीको रकम झिकेर व्यापर समेत गरेको र अहिले ब्यवस्थापक नयाँ राखे पछि उनकाे व्यपार समेत केही मात्रामा कमि गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । बारम्बार त्रिमुर्ति सहकारी संस्थाकाे खवर विभिन्न अनलाइन तथा संचारमाध्यममा आउदा समेत सहकारी संगठनहरुले अध्यक्षकाे संरक्षण गरेकाे सेयर सदस्यले आराेप लगाएका छन ।

सम्बन्धित खवर