पथरी शनिश्चरे नगरले बेवास्ता गरेको नगरका खेलाडीको गुनासो, खेल मैदानकाे दुरुपयाेग - Sainokhabar
  • शनिबार, साउन २१, २०७९

पथरी शनिश्चरे नगरले बेवास्ता गरेको नगरका खेलाडीको गुनासो, खेल मैदानकाे दुरुपयाेग

साइनो समाचारदाता पथरी/  पथरी शनिश्चरे नगरले नगरका खेलाडीलाई व्यवस्था गरेको गुनासाे गरेका छन । पथरी स्पोर्टीङ क्लवले दमक वडा अध्यक्ष कप विजेता र पुर्व खेलाडी तथा खेल शुभेच्छुकहरुलाई राखेकाे सम्मान कार्यक्रममा खेलाडीहरु उत्त गुनासो गरेका हुन। क्लवले आफ्नाे भवन नभएकाे भन्दै दिपेन्द्र स्पोर्टिङको खेल मैदानमा पुर्व खेलाडीहरुलाई सम्मान गरेकाे छ ।  सम्मान हुनेमा पुर्व खेलाडी शुकदेव राई, मदन राई विकी राई, सुमन राई, विरेन सावा, दिपक पुलामी, अनलि चुडाल, कृष्ण राई लगायतका खेलाडीलाई सम्मान गरेको छ ।

नगरले हाल सम्म क्लवलाई आवस्य पर्ने भवन समेत ब्यावस्थापन नगरेको र खेल मैदानको विषयमा चासो नराखेको कारण खेलाडीहरुले कार्यक्रम खुल्ला मैदानमा संचालन गरेका थिए । हाल खेल मैदानमा घर निर्माण सामाग्री र पशु चाैपाया चरणा स्थल बनेकाे छ ।

क्लवले ११ गते सम्पन्न दमक वडाध्यक्ष कपका विजेता खेलाडीलाई हौसला प्रदान गर्न नगद सहित सम्मान गरेको छ । सोहि अवसरमा क्लवका पुर्व खेलाडी हाल अमेरीकी सेनामा कार्यरत विजन राई र संजोग राईलाई समेत सम्मान गरेको छ । लामो समय पछि उपब्दधी हात पारेको स्पोर्टिङ क्लवले फुटवल खेलने अवसर जुराई दिन नगर र शुभेच्छुक ब्यात्ती संग अनुरोध समेत गरेका छन । नगरको पहिचान गराउदै मैदानमा फुटवल खेल्ने खेलाडीले पछिल्लो समय कहि कतैबाट पनि सहयोग नभएको गुनासो गरेका छन ।


दमक वडा अध्यक्ष कप विजेता बन्दै नगद १ लाख ११ हजार हात पारेको थियो । पछिल्लो समय फुटवल खेल्न जान समस्या रहेका कारण खेलाडीले यातायात खर्च र सामान्य खाजा खर्च कटाएर ५० हजार बचत गरेको क्याप्टेन तथा गोल किपर अर्जुन बस्नेतले दुखेसो पोखेका छन । फुटवल खेल्न आफ्नै खर्चमा हिड्नु पर्ने भए पछि संभावना बोकेका खेलाडीहरु पैसा कमाउन बैदेशिक रोजगारमा जानु परेको बाध्यता खेलाडीहरुको छ । पुर्व खेलाडी लाल बहादुर लावतीको सभापतित्वमा सम्पन्न कार्य क्रममा महिला खेलाडीलाई समेत सम्मान गरेको थियो ।

सम्बन्धित खवर