अधकिृतको छोराको पास्नीमा बाल गृहमा स्वइटर वितरण - Sainokhabar
  • बुधबार, साउन २५, २०७९

अधकिृतको छोराको पास्नीमा बाल गृहमा स्वइटर वितरण

साइनाे समाचारदाता पथरी/ सुनवर्शी नगरपालिकाका प्रमुख प्रसासकृय अधकिृत पुरुश्वतम घिमिरेले नमुना बाल गृहका नानिहरुलाई स्वइटर वितरण गरेका छन । घिमिरेले आफ्नो ६ महिने छोरा निराजन घिमिरेको पास्नीको अवसरान उर्लावारी स्थति नमुना बाल गृहका बालबालिकालाई एक छाक खान समेत खुआएका छन ।


सामाजिक कार्य र धार्मीक कार्यमा सकृय रहेका घिमिरेले जाडो बढे संगै बाल गृहका बालबालिकालाई समस्या नहोस भन्ने हेतुले स्वइटर वितरण गरेको बताए । अनावश्यक फजुल खर्च गर्नु भन्दा बाल गृहका नानिहरुलाई खुसी पारेर आशिर्वाद लिनु उचित रहेको घिमिरेकाे भनाई छ ।
घिमिरेले ५५ हजार बराबरको ५३ जना बालबालीकालाई न्यानो स्वइटर वितरण गर्नुको साथै एक दिनको खाना समेत खुआएका थिए ।

सम्बन्धित खवर