प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस लेटाङ नगरपालिकाद्धारा मनाईयो - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस लेटाङ नगरपालिकाद्धारा मनाईयो

 साइनाे समाचारदाता लेटाङ/ लेटाङ नगरपालिकाले आज प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार नगरपालिकाले आज ‘सभ्य नागरिकको पहिचान ः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको हो । नगरपालिले आज लेटाङ नगरपालिका भरिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने सम्मान समेत गरेको छ ।

नगरपालिकाको प्राङगणमा आयोजित कार्यक्रममा स्वास्थ्य शिविर संचालन गरि आवश्यकता अनुसारका औषधी समेत वितरण गरिेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शंकर राईले नगरपालिकालाई समृद्ध वनाउने हो भने जेष्ठ नागरिकलाई पुजा गर्न आवश्यक रहेको भन्दै सम्मानका साथ नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको वताउनुभयो । उहाँले आफु खानेपानीको अध्यक्ष हुदाँ जेष्ठ नागरिक चौतारीका लागि जग्गा लगायत भवन निर्माणका लागि सहयोग गरेको भन्दै लेटाङ नगरपालिकाको मेयर भए पछि धेरै काम जेष्ठ नागरिकका लागि गरेको उल्लेख गर्नुभयो । बर्षेनी स्वास्थ्य शिविर, सम्मान, चलाउदै जेष्ठ नागरिकको सुरक्षाका लागि काम गरेको र आउदा दिनमा समेत जेष्ठ नागरिकका विषयलाई महत्व दिदै कार्यक्रमको निरन्तरता दिने वताउनुभयो । कार्यक्रममा उपमेयर कृष्णकुमारी निरौलाले जेष्ठ नागरिक हाम्रो ईतिहास भएकोे भन्दै हामी सबै जेष्ठ नागरिकको ठाँउमा पुग्ने भएकाले उहाँहरुलाई मायाँ ममता तथा स्याहारको आवश्यकता हुने बताउनुभयो । शारिरिक रुपमा कमजोरी हुनेभएकाले हामीले उहाँहरुको ब्यववहारलाई बुझेर उहाँहरुलाई मायाँ ममता ,स्याहार दिनुपर्नेमा जोड दिनुभयो । प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले जेष्ठ नागरिकलाई गर्ने सम्मान बुझेर राम्रो ब्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानिस जन्मेपछी बुढो हुने भएकाले त्यो बेला आफुलाई पर्ने समस्या महसुस गरेर जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष देवराज चाम्लिङले जेष्ठ नागरिकहरुलाई सबै क्षेत्र सम्म पुर्याउन आवश्यक रहेको वताउदै जेष्ठ नागरिक हाम्रो भगवान भएकोले सवैले भगवान सरह सेवा गर्नुपर्ने वतानुभयो । कार्यक्रममा जेष्ठ नागरिकका अध्यक्ष धर्मानन्द घिमिरे, समाजसेवीहरु, बुद्धीजीवि लागयतको उपस्थिीती रहेको थियो ।

सम्बन्धित खवर