पथरीमा मिटु पेन्ट्सद्धारा ज्याकेट वितरण - Sainokhabar
  • बुधबार, साउन २५, २०७९

पथरीमा मिटु पेन्ट्सद्धारा ज्याकेट वितरण

 
पथरी पुस ६ – मिटु पेन्ट पथरी शनिश्चरेको आधिकारीक बिक्रेता खुसी श्री ट्रेडर्सले आफ्ना पेन्टर्सलाई ज्याकेट वितरण गरेको छ ।
खुसी श्री ट्रेडर्सले डिलरको उद्घाटन गर्दै आफ्ना १५ जना पेन्ट्रसलाई ज्याकेट वितरण गरेको हो । खुसी श्री ट्रेडर्सको उद्घाटन कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो पेन्टर्सहरुलाई ज्याकेट वितरण गरेको हो । सरल र सुफथ मुल्यमा पाइने मिटु पेन्ट्सलाई घाम पानीले समेत असर नगर्ने कम्पनीको दावी छ । उद्घाटन तथा ज्याकेट वितरण कार्यक्रममा बोल्दै पथरी शनिश्चरेकी उप प्रमुख यमुना विष्ट बास्तोलाले नगर आकर्षक बनाउन आधुनीक रङ्गको ब्यावसाय भित्र्याएकोमा खुसी श्री टे«ेडर्सलाई धन्यबाद ब्याक्त गर्नु भएको छ ।
कार्यक्रममा पथरी उद्योग बाण्ज्यि संघका अध्यक्ष धनकुमार तामाङ, पथरी शनिश्चरे वडा नं. १० का वडाध्यक्ष सागर राईले नगरमा नयाँ र आधुनीक रङ्गको ब्यावसाय भित्रिएकोमा खुसी ब्यात्त गर्नु भएको थियो । चाइनीज तथा जापानी टेक्नोलोजीबाट उत्पादीत मिटु पेन्ट्स पथरीमा ऋशी चौलागाईले भित्रयाएका छन । घर तथा कोठाहरु आकर्षक बनाउन सरल मुल्यमा मिटु पेन्ट्सका रङहरु बजारमा भित्रिएका छ । आधुनी र मार्वल स्टाइलमा रहेको पेन्ट्स १० वर्ष सम्म टिक्ने खुसी ट्रेडर्सका संचालक ऋशी चौलागाईले बताए ।

सम्बन्धित खवर