पथरी शनिश्चरेमा लागू औषध विरुद्ध ३ दिने चेतना मुलक कार्यक्रम सुरु - Sainokhabar
  • मङ्गलबार, माघ ११, २०७८

पथरी शनिश्चरेमा लागू औषध विरुद्ध ३ दिने चेतना मुलक कार्यक्रम सुरु

साइनो समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालीमा ३ दिने लागू औषधी विरुद्ध कानुनी परामर्श तथा जनचेतना मुलक कार्यक्रम सुरु भएको छ ।

पथरी शनिश्चरे नगरको आर्थिक सहयोग र न्यायीक समितिको पहलमा न्यू स्टेप पुर्नस्थापना केन्द्रले ३ दिने कार्यक्रममको आयोजना गरेको हो । नगरका सामुदायीक विद्यालयका बालबालिकालाई लक्षीत गरि न्यू स्टेप पुर्नस्थापना केन्द्रले ३ दिने कार्यक्रममको आयोजना गरेको हो ।

कार्यक्रममको पहिलो चरण अन्तरगत पञ्चायत माविको सभाहलमा १ सय विद्यार्थीहरुलाई लागू औषधी र दुब्र्यसनीका असरका बारेमा जनचेतना गराइएको थियो । कार्यक्रमकी प्रमुख अतिथी यमुना विष्ट बास्तोलाले दुब्र्यसनीका कारण घर, समाज र राष्ट्र संगै आफ्नो जिवनमा हानी हुने भएकाले राम्रो काम गरे देशको असल नागरीक बन्ने उपस्थीत बालबालिकाहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी इलाका प्रहरी कार्यलयका प्रमुख डि एस पि कृष्ण खड्काले लागूऔषधीले समाज पार्ने प्रत्यक्ष असर र अपराधका घटनाबारमा बालबालिकालाई जानकारी गराएका थिए । सहभागी विद्यार्थीहरुलाई लामो समय देखि लागू औषधी तथा र दुब्र्यसनीमा विरुद्धको अभियानमा काम गर्दै आएका पुर्नस्थापना केन्दमा संचालन कमल कुमार सुनुवारले आफु लागू औषधी र दुब्र्यसनीमा फसेर पाएका दुख र असर सुनाएका थिए ।

कार्यक्रममा एलाइभ फाउण्डेसनका अध्यक्ष किसान राई र पथरी शनिश्चरे नगरपालीका वडा नं. २ का अध्यक्ष याम प्रसाद गुरागाईले लागू औषधी र दुब्र्यसनी विरुद्धको अभियानमा सबै बालबालीका हाते मालो गरेर अघि बढ्न अनुरोध गनु भएको थियो ।

सम्बन्धित खवर