कामना सेवा बैंकद्वारा क्याम्पसमा डस्टविन वितरण - Sainokhabar
  • बुधबार, माघ १२, २०७८

कामना सेवा बैंकद्वारा क्याम्पसमा डस्टविन वितरण

साइनो समाचारदाता पथरी/ कामना सेवा विकास बैंकले मोरङको पथरी शनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसलाई डस्टविन वितरण गरेको छ । विगत अढाई वर्ष देखी मोरङको पथरी शनिश्चरेमा आफ्नो शाखा संचालन गर्दै आएको बैंकले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्विन वितरण गरेको हो ।

पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीएको उक्त कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख खिमलाल भुषाल, विराटनगर क्लस्टर प्रमुख विजय राज वानियाँ, पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई लगायत पथरी शाखाका सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेका थियो भने क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख चेतन पौडेल, सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिना लगायत प्राध्यापक, कर्मचारी एवम् विधार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख तिम्सीनाले स्वागत गर्दै आउँदा दिनमा पनी यस प्रकारको कार्यक्रमहरु गर्दै एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरा राख्नुभएको थियो । बैंकका तर्फबाट प्रदेश प्रमुख भुषालले बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत क्याम्पसमा डस्टविन वितरण गरिएको बताउनु भयो । आउँदा दिनमा पनि क्याम्पस लगायत सिङ्गो समुदायमानै यस किसिमको कार्य गरी समुदायसँग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा बैंक सँधै सकारात्मक रहेको कुरा प्रस्ट पार्दै क्याम्पस प्रमुख लगायत सहायक क्याम्पस प्रमुखलाई डस्टविन वितरण गर्नुभयो । यता कार्यक्रम समापन गर्ने क्रममा बोल्दै क्याम्पस प्रमुख पौडेलले क्याम्पसको उत्पादन गरेका विधार्थीहरु समेत बैंकमा रहेको र त्यसले आफुहरुलाई गौरवान्वित बनाएको कुरा बताउदै बैंकले गरेको सानो सहयोगले पनि क्याम्पसलाई ठुलो प्रभाव पार्ने बताउँदै आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको ईजाजत प्राप्त गरी नयाँ आधुनिक तरिकाले सहज र सरल ढङ्गबाट बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंकले १२९ वटा शाखा तथा १ एक्स्टेन्सन काउन्टर र ७७ वटा एटिएम मार्फत देशको सातै प्रदेशमा आफ्नो उपस्थिती जनाई सकेको छ

सम्बन्धित खवर