उर्लावारीमा उत्कर्ष फुड इन्डष्ट्रीले मासुका बिभिन्न परिकार बनाउदै - Sainokhabar
  • मङ्गलबार, माघ ११, २०७८

उर्लावारीमा उत्कर्ष फुड इन्डष्ट्रीले मासुका बिभिन्न परिकार बनाउदै

साइनाे समाचारदाता/ मोरङको उर्लााबारी–५ मा मासुका बिभिन्न परिकारबाट बनेका खाद्यय बस्तुहरु उत्पादन हुन थालेको छ । नेपाली समाजमा बिदेशी परिकार खानेको जमात बढ्दै गएका कारण उत्कर्ष फुड इन्डष्ट्री प्रा लि.ले मासुका परिकार बजारमा ल्याएको हो । मोरङका ३ युवाहरुले १० करोडको लगानिमा उत्कर्ष फुड इन्डष्ट्री संचालमा ल्याएका हुन ।

तर नेपालमा दक्ष कामदारको कमीका कारण माग अनुसारको परिकार पुर्याउन गार्हो भएको संचालक सुनिल खनालले बताउछन । फुड इन्डष्ट्रीले बजारमा ल्याएका मासुबाट बनेका ससेस, सल्लाद, अचार र ममको माग अत्याधीक रहेको छ ।

कम्पनिमा ५ जना खाद्यय प्राविधीक सहित ५० जना कर्मचारीले रोजगार पाएका छन । नेपालमै पहिलो स्वास्थवर्दक मासुका धेरै परिकाहरु फुड इन्डष्ट्री बजारमा ल्याएको छ । हाल एक नं. प्रदेश भरि बजार विस्तार गरेको कम्पनीले चाडौ देशै भरि आफेनो परिकार पुर्याउने कम्पनीका वरिष्ट खाद्यय प्राविधीक टंक भट्टराईले बताए ।

अब उत्कर्ष फुड इन्डष्ट्रीले बजारमा ल्याएको स्वास्थवर्दक मासुका परिकारहरु भ्रमण, पिक्नीक र लामो यात्रामा रहेको समयमा ड्राई फुड वा खाजाका रुपमा प्रयोग गर्न मिल्ने छ ।

सम्बन्धित खवर