मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति - Sainokhabar
  • बिहिबार, माघ १३, २०७८

मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति

काठमाडाैं/ चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको प्रति रावलले आक्रोश पोखेका छन्।

यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँड्दै अध्यक्षमा उम्मेद्वारी दिएका रावलसहित ११ जनालाई मत नदिन पर्चा बाँडिएको छ।

मतदानमा संस्थापन पक्षबाट कसलाई भोट हाल्ने/नहाल्ने संकेतसहितका पर्चा बाँडिएपछि नेता रावलले निर्वाचन आयोगको आचारसंहिताविपरीतको कार्य निन्दनीय भएको बताएका हुन् ।

https://www.setopati.com/mahadebeshan-bishesh/umlnepal/255416

रावलले ट्वीट् गर्दै लेखेका छन्– ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी छ ।

साभार : सेताेपाटी डटकमबाट

सम्बन्धित खवर