मुख्य मन्त्रि राई द्धारा तिलक राई स्मृतिग्रन्थ लोकार्पण, बर्खै अधिबेशन भित्र प्रदेश १ को नाम टुङगो लाग्ने - Sainokhabar
  • सोमबार, साउन २३, २०७९

मुख्य मन्त्रि राई द्धारा तिलक राई स्मृतिग्रन्थ लोकार्पण, बर्खै अधिबेशन भित्र प्रदेश १ को नाम टुङगो लाग्ने

साइनाे समाचारदाता पथरी/ प्रदेश नं. १ का मुख्य मन्त्रि राजेन्द्र राईले बर्खै अधिबेशन भित्र प्रदेश नं. १ को नामाकरण गर्ने बताएका छन । मन्त्रि राईले मोरङको पथरी शनिश्चरेमा आयोजित तिलक राई स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा उत्त कुरा बताएका हुन । नामका बरेमा दुइतिहाइको सहमति चाहिने भएकाले हिउदे अधिबेशनमा छलफल चलाएर बर्खै अधिबेशन टुङगो लगाउने बताएका हुन ।


लामो समय बामपन्थी राजनीतिमा लागेका पथरी शनिश्चरेका तिलक बान्तावा राईको एक बर्ष अघि कोरोना भाइरसको कारण ६६ बर्षको उमेरमा मृत्यु भएको थियो । पथरी गाविसका पुर्व अध्यक्ष वान्तावा राईको बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित तिलक बान्तावा राई स्मृति प्रतिष्ठानले पुस्तकको लोकार्पण गरेको छ । पुस्तकको लोकार्पण गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले तिलक बान्तावाबाट प्रेरण लिदै उहाँ जस्तै बन्न आग्रह गर्नु भयो ।
पुस्तक लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले देशमा असल र निष्ठावान ब्यक्तिको खडेरी पर्दै गएको बताउनु भएको थियो । देशमा विचारभन्दा जालझेल र षड्यान्त्रको राजनीति हाबीहुँदै गएको बेला तिलक बान्तावा राईको जीवनिबाट समाजले सिक्नुपर्ने बताउनुभयो । पुस्तकको टिप्पनी डा.देउमान सम्बाहाम्फे र डा. मोहनकुमार तुम्बाहाङले गर्नुभएको कार्यक्रममा प्रदेश सांसद सुयर्माराज राई, पथरी गाबिस पूर्ब अध्यक्ष मोहन तुम्बापो लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

सम्बन्धित खवर