विर्तामोड भेट्रानस जहदा भेट्रानस गोल्डकपको अन्तम ४ मा - Sainokhabar
  • सोमबार, माघ १०, २०७८

विर्तामोड भेट्रानस जहदा भेट्रानस गोल्डकपको अन्तम ४ मा

साइनाे समाचारदाता पथरी/ विर्तामोड भेट्रानस मोरङको कानेपोखरी गाउँपालिका जहदामा जारी जहदा भेट्रानस गोल्डकपको अन्तम ४ मा प्रबेश गरेको छ । दमक लखनपुर भेट्रानसलाई ० का विरुद्ध १ गोल गर्दै विर्तामोड भेट्रानस अन्तम ४ मा प्रबेश गरेको हो । खेलको ३६ औ मिनेटमा विर्तामोड भेट्रानसका तोयाराम भुजेलले गरेको गोल नै खेलको निर्णायक गोल बन्न सफल रर्योे ।


पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफको ६ मिनेटमा विर्तामोड भेट्रानसका तोयाराम भुजेलले गोल गर्दै खाता खोलेका थिए । ए डिभिजनका पुर्व खेलाडीहरु विच भएको रोमाञ्चक खेलमा दुबै तर्फबाट सुनैला अवसर पाए पनि स्कोर हुन सकेन ।

खेलको म्यान अफ द म्याच विर्तामोड भेट्रानसका गोलकर्ता तोयाराम भुजेल घोषित हुदै नगद १५ सय प्राप्त गरे । भुजेललाई खेलका प्रमुख अतिथी कानेपोखरी गाउ पालिका वडा नं. १ का वडाध्यक्ष दिपेश कार्कीले पुरस्कृत गर्नु भयो । भोलि मंसिर १ गते हुने चौथो क्वाटर खेल अभिषेक चर्च राझर नवलपरासी र हाम्रो ईटहरी भेट्रान्स विच हुने खेल संयोजक डेनि राईले जानकारी दिनु भयो ।


प्रतियोगिताको विजेता टोलिले नगद १ लाख ११ हजार मेडल ट्रफि प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टोलिले नगद ५१ हजार मेडल ट्रफि प्रमाण पत्र प्राप्त गर्ने छ । जहदा भेट्रानस जहदाको आयोजनामा सुरु भएको भेट्रानस गोल्डकपमा मोरङ, झापा र सुनसरीका ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा २ जना ३८ बर्ष र अन्य ४० बर्ष उमेर समुह पुगेका खेलाडीहरु विच खेल संचालन भएको हो । नव प्रगतिशिल समाज सेवा क्लव संरक्षकमा जहदा रंगशालामा कार्तिक २८ गतेबाट प्रतियोगिताका सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक नमस्ते टेडर्स मकाउका किरण श्रेष्ठ गरेका छन भने सह–प्रायोजक लुम्बिनी रेष्टुरेन्ट एण्डबार साउथ कोरियाकी परि गुरुङ र कानेपोखरी गाउँपालिका कानेपोखरीले रहेको छ । प्रतियोगितामा पहिलो पुरस्कार नगद १ लाख ११ हजार कानेपोखरी समाज हङकङले प्रायोजन गरेको छ ।

सम्बन्धित खवर