नवनियुक्त रक्षा मन्त्री रिजाल र सहरी विकास मन्त्री झाँक्रीले गरे पदभार ग्रहण - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

नवनियुक्त रक्षा मन्त्री रिजाल र सहरी विकास मन्त्री झाँक्रीले गरे पदभार ग्रहण

काठमाडाै/ नवनियुक्त रक्षा मन्त्री मिनेन्द्र रिजाल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी थिइन्।सपथ ग्रहणसँगै रक्षा मन्त्री रिजाल र सहरी विकास मन्त्री झाँक्रीले पदभार ग्रहण गरेका हुन्। अरू मन्त्रीहरूले पनि कार्यभार सम्हाल्ने क्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा आएको तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्री नियुक्त गरेका हुन्। उनले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका छन्।

सम्बन्धित खवर