दशैंकाे मुखमा मुसहर बस्तीमा बस्नेत दम्पतीले ल्याए खुसी - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

दशैंकाे मुखमा मुसहर बस्तीमा बस्नेत दम्पतीले ल्याए खुसी

 साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे ६ मा रहेको ऋसिदेव (मुसहर) बस्तीमा खुसी छाएको छ । ५ बर्षिय बालिका स्मिता बस्नेतका बाबा आमा कुमार बस्नेत र जुनि थपलियाले छोरीको जन्म उत्सव उक्त मुसहर बस्तीमा मनाउदा ऋसिदेव परिवारका सदस्यहरुमा खुसी छाएको हो ।

बस्नेत दम्पतीले आफ्नी छोरी स्मिता बस्नेतको प्रत्येक जन्म दिन आश्रम वा समुदायमा मनाउदै आएका छन । प्रत्येक वर्ष उर्लाबारी स्थीत नमुना बाल गृहमा मनाउदै आएको जन्म उत्सव यो बर्ष मोरङको पथरी शनिश्चरे ६ को मुसहर बस्तीमा मनाएका हुन । मुसहर बस्तीमा स्मिताले बर्थ डे केक काट्दै गर्दा हर्सउल्लास छाएको थियो । बर्थ डे केक अगाडी झुमिएका मुसहर समुदायका बालबालीकाले केक देख्दा एक अर्कामा आश्चर्य चकित हुदै हेरेका थिए ।

दिन भरि काम गरेर गुजारा चलाउने ऋसिदेव परिवारमा दशैको समयमा दैनिक हातमुख जोड्न समस्या हुने गरेको छ । गाउँ घरमा चार्ड वार्ड नजिकिदै गदै दैनिक ज्याला मजदुरी बन्द हुने भए पछि घरमा चुल्लो बाल्न समस्या पर्ने गरेको छ ।
स्थानिय नेता एल वि भण्डारीले मुसहर बस्तीका अति विपन्न ५० ऋसिदेव परिवारलाई राहात सहित जन्म उत्सव मनाउने सल्लाहा दिए पछि छोरीको जन्म उत्सव ऋसिदेव समुदायमा गरेको स्मिताका बुबा कुमार बस्नेतले बताए ।

प्रत्येक बर्ष असोज २३ गते मनाउदै आएको जन्म दिन यो बर्ष भने बस्नेत परिवारले ऋसिदेवका परिवारका साथ संग खुसी साटा साट गरेका हुन । बस्नेत परिवारले जन्म उत्सव मनाउने क्रममा ५० ऋसिदेव परिवारलाई खाद्यन्य बितरण गरेका हुन ।
बस्नेतले एक ऋसिदेव परिवार वरावर साढे १२ केजिका दरले चामल, एक पोका नुन, तेल, दाल र स्वविन वितरणा गरेको छन । राहत पाए पछि दशैको मुखमा ऋसिदेव परिवारमा थोरै भएपनि खुसी छाएको छ । ऋसिदेव वस्तीमा प्रत्येक बर्षको चार्डवार्डमा केहि सहयोगी दाताले राहत वितरण गर्ने गरेका छन । अघिल्लो वर्ष पनि वडाध्यक्ष जय बहादुर तामाङले केहि लुगा र दशैका लागि चामल वितरण गरेका थिए ।

सम्बन्धित खवर