नर्थ राधानगरको फाइनलमा आयोजक र पञ्चायन भिड्ने - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

नर्थ राधानगरको फाइनलमा आयोजक र पञ्चायन भिड्ने

साइनाे समाचारदाता पथरी / नर्थ राधानगर नकआउट कपको फाइनलमा आयोजक नर्थ राधानगर फुटवल क्लव र पञ्चायन फुटवल क्लव सुनसरी बिच हुने भएको छ । विहिबार भएको दोस्रो सेमिाईनल खेलमा नवयुवा क्लव बुढिगंगालाई १ का विरुद्ध ४ गोल गर्दै आयोजक नर्थ राधानगरले फाईनलको यात्रा तय गरेको हो ।

खेलको ८ औं मिनेटमा नवयुवा बुढिगंगाका लागि निशान लिम्बुले गोल गर्दै अग्रता लिए पनि अग्रता कायम राख्न सकेन्न । पहिलो हाफको अतिरिक्त समयमा आयोजक नर्थ राधानगर फुटवल क्लवले पाएको कर्नर किकलाई सदुपयोग गर्दै विबेक पौडेलले खेल बराबरीमा पुराए । अतिरिक्त समयमा गोल खाए पछि निराश हुदै दोस्रो हाफमा प्रबेश गरेको नवयुवा लयम र्फकर्न सकेन । एक पछि अर्को गोल गर्दै आयोजक नर्थ राधानगर फुटवल क्लव ४ गोलको अग्रता बनायो । आयोजक नर्थ राधानगरका लागि खेलको ३४ औं मिनेटमा बिक्रम धिमाल, ३९ औं मिनेटमा विबेक पौडेल र ४९ औं मिनेटमा मिलन परियारले गोल गर्दै १ का विरुद्ध ४ गोलको अग्रता दिलाए ।


खेलको म्यानअफ द म्याच आयोजकका मैसम सुब्बा घोषित हुदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन । प्रतियोगिताको सम्पुण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदै छ ।

सम्बन्धित खवर