बक्रागंगा जल देवि मन्दिरको सिलन्यास - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

बक्रागंगा जल देवि मन्दिरको सिलन्यास

साइनाे समाचारदाता पथरी / मोरङको पथरी शनिश्चरे ३ सुन्दरी चौकमा बक्रागंगा जल देवि मन्दिर स्थापना हुने भएको छ । स्थानीय पुष्प बहादुर थापाको पहलमा १५ लाख लागतमा मन्दिर निर्माण हुन लागेको हो । मन्दिर निमार्ण हुने भए पछि स्थानिय मोहन कुमार काङवाले छोरा मिलन काङवाको स्मृतीमा १२ धुर जग्गा उपलब्ध गराएका छन ।


उक्त मन्दिरको असोज २१ गते घटस्थापनाको शुभ साइतमा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले सिलन्यास गर्नु भएको छ । मन्दिर निर्माण गर्नका लागि स्थानीय समान सेवि, बपारी र समाजको सहयोग रहने छ भने ईटाका लागि नजिकै रहेको जय बगलामुखी ईटा उद्योग र अनन्य ईटा उद्योगले सहयोग गर्ने मन्दिर समितिका संयोजक पुष्प बहादुर थापाले बताए ।
कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलले नेपालीहरुको सबै भन्दा ठुलो कानुन नै धर्म सस्कृती रहेकाले सबै नेपालीले आ–आफ्नो आस्था अनुसारको धर्म सस्कृतिको जगेणा र रक्षा गरे छिमेकी छिमेकी विच भाइचारा र धर्मिक सहिष्णुता रहने बताउनु भयो । नगरले सबै जात जाती र धर्मको लागि नगरले बजेत तजुर्मा गरेका कारण बक्रागंगा जल देवि मन्दिरलाई पनि नगरले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पथरी शनिश्चरे वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङ, ५ का कार्यवाक वडाध्यक्ष चेतेन्द्र खड्का लगाय समाज सेविहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर