पञ्चायन फुटवल क्लव सुनसरी फाईनल प्रबेश - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

पञ्चायन फुटवल क्लव सुनसरी फाईनल प्रबेश

साइनाे समाचारदाता पथरी/ पथरी स्पोटीङ क्लव पथरीलाई हराउदै पञ्चायन फुटवल क्लव सुनसरी फाईनल प्रबेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पथरी विरुद्ध ३ गोलको अग्रता लिदै पञ्चायन फुटवल क्लव सुनसरीले फाईनलको यात्रा तय गरेको हो ।


पञ्चायन फुटवल क्लव सुनसरीका लागि खेलको ८ औं मिनेटमा क्यप्टेन अन्जान लिम्बुले गोल गर्दै खाता खोलेका थिए भने खेलको १४ औं मिनेटमा अजित चौधरी गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता लिएको पञ्चायनले दोस्रो हाफमा एक गोल थप्दै ३ –० गोलले अग्रता लियो । खेलको अतिरिक्त समयमा सुजन मगरले पञ्चायनका लागि गोल गरेका थिए ।


खेलको म्यान अफ द म्याच पञ्चायन फुटवल क्लव सुनसरीका सन्तोस दाहाल घोषित हुदै नगद २ हजार प्राप्त गरे । बिहिबारको दोस्रो सेमिफाइनल खेल आयोजक नर्थ राधानगर फुटवल क्लव बेलबारी र नव युवा फुटवल क्लव बुढिगंगा बिच हुने छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन ।


असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पुण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदै छ ।

सम्बन्धित खवर