झापालाई हराउर्दै आयोजक नर्थ राधानगर सेमिफाइनल प्रबेश - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

झापालाई हराउर्दै आयोजक नर्थ राधानगर सेमिफाइनल प्रबेश

साइनाे समाचारदाता पथरी/ पाहुना टोल चुलाचुली झापालाई हराउदै आयोजक नर्थ राधानगर फुटवल क्लव सेमिफाइनल प्रबेश गरेको छ । बेलबार ८ राधानगरमा जारी प्रथम राधानगर नकआउट फुटवल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा चुलाचुली फुटवल क्लव झापा विरुद्ध २ गोल गर्दै आयोजक नर्थ राधानगर फुटवल क्लव बेलबारी विजय भएको छ ।

खेलको ४ मिनेटमा योन्जन लिम्बुले गोल गर्दै आयोजक नर्थ राधानगरलाइ अग्रता दिलाएका थिए । एक पछि अर्को दवावमा राखेको आयोजकका लागि दोस्रो गोल दोस्रो हाफमा सुजन बस्नेतले गरेका थिए । दोस्रो हाफ सुरु भएको ३ मिनेटमै सुजनले गोल गर्न सफल भए । चुलाचुली फुटवल क्लव झपाले पाएका केहि मैकाहरु पोलबारमा लागेर फर्किएका कारण कुनै पनि स्कोर निकाल्न नसक्दा खेलमा २ गोल गर्दै आयोजक विजय भएको छ ।

खेलको म्यानअफ द म्याच आयोजकका मैसम सुब्बा घोषित हुदै नगद २ हजार प्राप्त गरे । बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक पथरी स्पोर्टिङ क्लव पथरी र पन्चाइन फुटवल क्लव सुनसरी बिच हुने छ ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन । प्रतियोगिताको सम्पुण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदै छ । असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित खवर