उर्लाबारलाई ट्राबेकरमा हराउदै नवयुवा बुढीगंगा सेमिफानल प्रबेश - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

उर्लाबारलाई ट्राबेकरमा हराउदै नवयुवा बुढीगंगा सेमिफानल प्रबेश

साइनाे समाचारदाता पथरी/ नर्थ राधानगर फुटवल क्लव बेलबारी–८ को आयोजनामा प्रथम राधानगर नकआउट फुटवल प्रतियोगिता अन्तरगत दोस्रो खेलमा उर्लाबार फुटवल क्लवर्ला हराउदै नवयुवा क्लव बुढीगंगा दोस्रो चरणमा प्रबेश गरेको छ । ट्राबेकर २ का विरुद्ध ३ गोल गर्दै नवयुवा क्लव बुढीगंगा विजय भएको हो ।


खेलको २ मिनेटमा करण चौधरको गोल मार्फत अग्रता लिएको नवयुवा बुढी गंगाले १५ औं मिनेटमा गोल खान पुग्यो । उर्लाबारका लगि खेलको १५ औं मिनेटमा उमेश राईले गोल गरे पनि जित दिलाउन भने सकेनन् । पहिलो हाफ १÷१ को बराबर खेलेको दुबै टिमले दोस्रो हाफमा कुनै पनि नतिजा निकाल्न नसक्दा खेल ट्राबेकरमा धकेलिएको थियो ।
नवयुवा बुढी गंगाले एक पछि अर्को प्राहार गरे पनि स्कोर भने निकाल्न सकेन । उर्लाबारका भुषण सुब्बाले दोस्रो हाफ १५ औं मिनेटमा र उमेश राईले ३४ मिनेटमा गरेको प्राहार नवयुवा बुढी गंगाले गोर रक्षक प्रमिजय गछ्यदार बाधक बनेका थिए । त्यस्तै खेलको अन्तिम ३० सेकेन्डमा नवयुवा बुढी गंगाका कमल खवासको प्रहार बारमा लागेर र्फकए पछि खेलको निर्णनय ट्राबेकरबाट लिएको थियो ।


ट्राबेकरमा नवयुवा क्लव बुढीगंगाका तर्फबाट शंकर चौधर, सन्देश श्रेष्ठ र कमल खवासले गोल गरे भने अजय गोस्वाम र साजन राईको प्रहार उर्लाबारका गोल रक्षक चरि लिम्बुले बचाएका थिए । त्यस्तै उर्लाबारका लागि उमेश रई र एक राज बुढाथोकले गोल गरे । भुषण लिम्बु, संजय धिमाल र चरि लिम्बुको प्रहार प्रमिजय गछ्यदारले बचाएका थिए ।


खेलको म्यानअफ द म्याच नवयुवा बुढी गंगाका सन्देश श्रेष्ठ घोषित हुदै नगद २ हजार प्राप्त गरे । भोलिको खेल लेटाङ फुटवल क्लव लेटाङ र पन्चाइन फुटवल क्लव सुनसरी बिच हुने छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन । प्रतियोगिताको सम्पुण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदै छ ।
असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमको सहभागिता रहेको छ ।

 

सम्बन्धित खवर