पथरी शनिश्चरे नगर उपसभापतिमा के वि गुरुङ चर्चा - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

पथरी शनिश्चरे नगर उपसभापतिमा के वि गुरुङ चर्चा

साइनाे समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे १ का युवा नेता तथा पथरी शनिश्चरे नगर उपसभापति कुलबहादुर गुरुङले १४ औं अधिबेशनमा पुर्न नगर उपसभापति दोहोर्याउने भएका छन । विभिन्न संघ सस्थामा रहेका पार्टी तथा पथरी शनिश्चरेलाई चिनाई सकेका गुरुङ पथरीमा रहेको शान्ति सामुदायीक बनका अध्यक्ष हुन ।


सामाजिक काममा रमाउने गरेका गुरुङ १३ औं अधिबेशनमा पथरी शनिश्चरे नगर उपसभापति चुनिएका हुन । पार्टीको हरेक काममा सकृय रहेका गुरुङ गुट भन्दा पर बस्न रुचाउछन । पार्टीबाट के लिने भन्दा पनि पार्टीलाई के दिन सक्छु भन्दै अगाडी बढेका गुरुङ नेवि संघ र तरुणको सहयोगमा पार्टी गति लिन सक्ने बताउछन ।

समाजका हरेका सकरात्मक कार्यमा हाफ्नो सहभागिता रहनु पर्छ भन्ने अडान रहेका गुरुङ यस क्षेत्रको विकासका कार्यमा समेत आफु सहयोगी भुमिका खेल्ने गरेका छन । खेल प्रेमी भएका कारण पथरीमा भएको पहिलो र दोस्रो गोल्ड कपमा कोषध्यक्ष पद सम्हालेका गुरुङ पथरीमा खुलेको पहिलो रेडियो सिम्रिकका संस्थापक सदस्य हुन ।

शान्ति सामुदायीक बनमा अध्यक्ष भए यता नेपालको पर्यावरणमा टेवा पुर्याउदै पुरस्कृत भएका गुरुङको नेत्रितवले पथरीमा चर्चाकोमा रहेको शान्ति भुल्के सिमसार वन र बाल उद्यान संचालनमा ल्याएको छ । संस्था प्रतिको निश्वार्थ भावन र वन हस्थान्तरण गर्न सफल भएका कारण गुरुङ दोस्रो कार्यकाल पनि सर्वसमत नेत्रित्वमा आउन सफल भएका छन ।

पथरी बजारमा सामाजिक र ब्यापारसँगै राजनीतिलाई अगाडि रहेका गुरुङ पथरी शनिश्चरे कांग्रेस राजनीतमा परिचित नाम हो । गुरुङ लाभ लिन भन्दा साथीभाई र दिन दूखीलाई सहयोग गर्दै संगठन सहकार्यमा चलाउन माहिर छन ।

सम्बन्धित खवर