वर्ल्ड लिङ्कले नयाँ इन्टरनेट प्याकेज १०० एमबीपीएस गतिमा - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

वर्ल्ड लिङ्कले नयाँ इन्टरनेट प्याकेज १०० एमबीपीएस गतिमा

दमक । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्स लिमिटेडले १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गर्ने भएको छ । हालै मात्र मेश वाई–फाईसँगै ३०० एमबीपीएस गति सम्मको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले अर्को नयाँ प्याकेज थप गर्न लागेको वर्ल्ड लिङ्क कम्युनिकेसन्स दमक शाखा प्रमुख राजन तिमसिनाले बताए ।


तिमसिनाका अनुसार दशैँ अगाडि नै नेटटिभी सहितको आकर्षक नयाँ प्याकेज ल्याउन लागेको बताएका छन । नयाँ आउने १०० एम बी पी एसले ठुलो परिवारको घर, होटल, अफिस लगायतका ठाउँहरुमा इन्टरनेट फास्ट रहने तिमसिना बताउछन । हाल वर्ल्ड लिङ्कले घरायसी प्रयोजनका लागि ३०० एमबीपीएस गतिको मेश वाई फाई सँगै २० एम बी पी एस, ३० एम बी पी एस, ४० एम बी पी एस, ५० एम बी पी एस, ६० एम बी पी एस र ८० एम बी पी एस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

नयाँ आउने १०० एम बी पी एस गतिको इन्टरनेट प्याकेजको मुल्य सार्वजनिक नभए पनि कम्पनी स्रोतले तुलनात्मक रुपमा सस्तो हुने जनाएको छ । हाल कम्पनीको ८० एम बी पी एस गतिको इन्टरनेट प्याकेजको मुल्य वार्षिक २२००० रुपैयाँ रहेको छ ।

 

सम्बन्धित खवर