यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्जको उपाधी सरस्वतीलाई - Sainokhabar
  • मङ्गलबार, कार्तिक ०९, २०७८

यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्जको उपाधी सरस्वतीलाई

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरेमा रहेको MAW इन्टरप्राइजेस द्धारा संचालीत न्यू पाथीभारा अटो प्लाजाले यामाहा स्कुटी ZR को माइलेज च्यालेन्ज सम्पन्न गरेको छ । न्यू पाथीभारा अटो प्लाजाले आफ्ना ३३ जना ZR स्कुटी ग्राहकाहरु माझ गरेको च्यालेनमा सरस्वती सुवेदीले प्रथम भएकी छन । सुबेदीले ३३ किलो मिटरको रेसमा प्रति किलोमीटर ७४.७ को माइलेज निकाल्न सफल भएकी थिन ।

त्यस्तै रेसमा प्रविन दुलाल दोस्रो र प्रेम नाथ जोगी तेस्रो भएका छन । दुलालले ७४.३ र जोगीले ७३.६ माइलेज निकाल्न सफल भएका थिए । पथरी बजारबाट शुरु भएको रेस लेटाङ बजार हुदै पुर्न पथरी शनिश्चरे बजार हुदै न्यू पाथीभारा अटो प्लाजामा आएर समापन भएको थियो । विजेता सुबेदी, दुलाल र जोगीलाई कम्पनीको तर्फबाट आकष्क ट्रर्फि तथा पैमाण पत्र प्रदान गरिएको थियो । विजेता तथा सहभागी सम्पुर्ण प्रतिस्पर्दीहरुलाई MAW इन्टरप्राइजेसका प्रोपाइटर विपिन खड्काले पुरस्कार वितरण गरेका थिए ।

यामाहा कम्पनीले नेपाल भरी चलाएको यस कार्यक्रम आधिकारीक बिक्रेता केन्द्रमा बिभिन्न समयमा भैरहेको छ । यामाहा स्कुटी ZR को माइलेज चेक गर्ने उदेश्यका साथ कम्पनीले नेपाल भरी च्यालेन्ज कार्यक्रम लिएर आएको छ । ZR स्कुटीका ग्राहकहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक विश्वकर्माले स्कृटीका बरेमा र चलाउदा ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी दिएका थिए । सहभागी प्रतिस्पदीलाई कम्पनिका रीजनल म्यानेजर रोविन श्रेष्टले यामाहा रे ZR को वइन्टर र वाटर बोतल वितरण गरेका थिए । कम्पनीका इन्जीनीयर अजय सिंहले ग्राहकका स्कृटीको चेक अव गरी समस्याका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर