पथरी उद्योग वाणिज्य संघमा साझा प्यानलका धनकुमार तमाङ विजयी - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

पथरी उद्योग वाणिज्य संघमा साझा प्यानलका धनकुमार तमाङ विजयी

साइनो समाचारदाता पथरी/ पथरीशनिश्चरे उद्योग वाणिज्य संघ निर्वाचनमा साझा प्यानलका पुर्व अध्यक्ष धन कुमार तमाङ विजयी भएका छन । तमाङले ७ सय ३८ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्दी निवर्तमान अध्यक्ष दिपक बस्नेतले ६ सय ८६ मत प्राप्त गरे । तामाङले १४ सय ५८ खसेको मतमा ५२ मतान्तरले बस्नेतलाई पराजित गरेका हुन्। संघको नयाँ कार्य समितिका लागि तमाङ र बस्नेतले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए । नेपाली काङग्रेसका जिल्ला सदस्य तामाङ काङग्रेस, माओबादी र माधव नेपाल पक्षका साझा उमेदवार थिए भने बस्नेत एमाले पक्षका उमेदवार थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा यादवचन्द्र दुलाल निर्वाचित भएका छन् । दुलालले ७ सय ६१ मत प्रप्त गर्दा साझा प्यानलका ओमप्रसाद  लिम्बु ५ सय ६४ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा आशा राई ७ सय ५५ मत ल्याई विजयी भईन उनका निकटम प्रतिद्वन्दी साझा प्लानलका रविन राईले ५ सय ९४ मत प्राप्त गरेका छन । त्यस्तै माहासचिमा साझा प्यानलका राजेन्द्र बस्नेतले ७ सय ६० मतका साथ विजयी भए उनका प्रतिद्वन्दी अशोक कुमार राईले ५ सय ८७ मत प्राप्त गरे ।

वाणिज्य सचिवमा ईश्वेरी सापकोटाले साझा प्यानलका खेमनाथ ढुङ्गेल र स्वतन्त्र टुङकुमार श्रेष्ठलाई पराजित गरेका छन । सापकोटाले ५ सय ५७ मत प्राप्त गर्दा ढुङगेलले ४५३ र श्रेष्टले २७१ मत प्राप्त गरे । उधोग सचिवमा साझा प्यानलका प्रेम प्रसाद सुवेदीले  एमालेका मानबहादुर श्रेष्ठलाई पराजित गरेका छन । साझा प्यानलका सुबेदीले ६ सय ७० प्राप्त गर्दा श्रेष्ठले ६ सय ४५ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा साझा प्यानलका विजय जंग बस्नेतले एमालेका उद्ववराज वस्नेतलाई पराजित गरेका छन । साझा प्यानलका बस्नेतले ७ सय ६२ मत प्राप्त गर्दा एमालेका उद्दवराज बस्नेतले  ५ सय ४०मत प्राप्त गरे ।
त्यस्तै खुल्ला सदस्यमा साझा प्यानलका तुलसी लुनिया, ईन्द्र बहादुर राई विजयी भए भने एमालेबाट निलम बस्नेत र हरिराज प्याकुरेल निर्वाचित भएका छन । त्यस्तै महिला सदस्यमा साझा प्यानलकी जुनी थपलिया र एमालेकी देवी राई निर्वाचित भएका छन ।

त्यस्तै लेखा संयोजकमा एमालेका कृष्ण प्रशाद भट्टराई र लेखा सदस्यहरुमा एल्सन बास्तोला र साझा प्यानलका प्रदिप पराजुली निर्वाचित भएका छन । सोमबार भएको निर्वाचन प्रणालीमा १५८६ मतदाता मध्ये १४५८ जना मतदाताले मत खसालेका थिए । जस मध्ये अध्यक्षमा तमाङलाई ७३८ र बस्नेतलाई ६८६ मत प्राप्त भएको थियो ।

सम्बन्धित खवर