यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्ज हुदै - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्ज हुदै

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरेमा रहेको MAW इन्टरप्राइजेस द्धारा संचालीत न्यू पाथीभारा अटो प्लाजाले आफ्ना ३३ जना ZR स्कुटी ग्राहकाहरु माझ मा

इलेज च्यालेन प्रतियोगिता गरेको छ । यामाहा कम्पनको नेपाल भरी शुरु भएको माइलेज च्यालेन्ज अन्तरगत मोरङको पथरीमा रहेको न्यू पाथिभारा अटो प्लाजाका ३३ जना प्रतिस्पदीले ३३ किलो मिटरको यात्रामा गर्ने छन ।


यामाहा स्कुटी ZR को माइलेज चेक गर्ने उदेश्यका साथ कम्पनीले नेपाल भरी च्यालेन्ज यो कार्यक्रम लिएर आएको हो । पथरी बजारबाट शुरु भएको रेस लेटाङ बजार हुदै पुर्न पथरी शनिश्चरे बजार परिक्रमा गरि न्यू पाथीभारा अटो प्लाजामा आएर समापन हुने छ ।

३३ किलो मिटरको यात्रामा जस्ले बढि माइलेज निकाल्न सफल हुन्छ पहिलो दोस्रो र तेस्रोलाई कम्पनीको तर्फबाट आकष्क ट्रर्फि तथा प्रमाण पत्र प्रदान गरिने MAW इन्टरप्राइजेसका प्रोपाइटर विपिन खड्काले बताए । त्यस्तै सहभागी प्रतिस्पर्दिले यामाहा कम्पनीको तर्फबाट आकर्षक गिर्फ समेत प्राप्त गर्ने छन ।

सम्बन्धित खवर