पथरी उद्योग वाणिज्य संघमा पुर्व अध्यक्ष धनकुमार तामाङको नेतृत्वमा साझा प्यानल घोषणा - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

पथरी उद्योग वाणिज्य संघमा पुर्व अध्यक्ष धनकुमार तामाङको नेतृत्वमा साझा प्यानल घोषणा

बाणिज्य संघको १६ पदका लागि ३६ जनाले मनोनयन दर्ता गराएका छन ।

साइनाे समाचारदाता पथरी/ पथरी उद्योग वाणिज्य सघको आगामी भदौ २८ गते हुन गैरहेकोे निर्वाचनका लागि युवा व्यावसायि धनकुमार तामाङको नेतृत्वमा साझा प्यानलको घोषणा भएको छ ।


उद्योग वाणिज्य सघ भनेको साझा संस्था रहेकाले सबै दलको उतिकै भुमिका रहनु पर्ने भएकाले सबै दललाई समाबेस गर्दै साझा प्यानल बनेको साझा प्यानलका अध्यक्ष पदका प्रत्यायसी धनकुमार तामाङले बताए । उम्मेद्वारी घोषणा कार्यक्रममा पत्रकार संग कुरा गर्दै तामाङले पथरीका उद्योगी व्यावसायिहरुको हितमा काम गर्ने र अधुरा कार्यहरुलाई पुरा गर्ने प्रतिवद्धता गरेका छन ।

विहिबार उद्योग वाणिज्य संघको मनोनयन दर्ता गर्दै साझा प्यानलले १६ पदका लागि आफ्नो उम्मेद्वारी रहेको घोषणा गरेको छ । साझा प्यानलले उद्योग वाणिज्य सघ कार्यलय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै तामाङको टिम सार्वजनीक भएको छ ।
साझा प्यानलको अध्यक्षमा नेपाली काग्रेस निकट प्रतिक्षा फेन्सी स्टोरका संचालक तथा वाणिज्य सघका पुर्व अध्यक्ष धनकुमार तामाङ वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष रविन राई, महासचिव राजेन्द्र बस्नेत, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिव खेमनाथ ढुंगेल, कोषाध्यक्ष विजयजंग बस्नेत रहेका छन ।

यस्तै सदस्यहरुमा पृथ्वी आले मगर, बलिदान चेम्जोङ, तुलसी लुनिया, इन्द्रबहादुर राई र महिला सदस्यहरुमा मुना पाण्डे र जुनी थपलिया रहेका छन् भने लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा, लेखा सदस्यमा प्रदिप पराजुली र सन्तविर विश्वकर्मा (गहतराज) रहेका छन् । साझा प्यानलमा नेपाली काग्रेस निकट ८ नेकपा समाजवादी निकट ४ र नेकपा माओवादी केन्द्र निकट ४ गरी १६ पदमा उम्मेद्वारी दर्ता भएको छ ।

बाणिज्य संघको १६ पदका लागि ३६ जनाले मनोनयन दर्ता गराएका छन । जस्मा १ अध्यक्ष पदका लागि पुर्व अध्यक्ष तामाङ र वर्तमान अध्यक्ष दिपक बस्नेतले मनोनयन दर्ता गरेका छन । त्यस्तै १ बरिष्ट उपाध्यक्ष पदमा २ जना, १ उपाध्यक्ष पदमा २ जना, १ महासचिवमा २ जना, १ बाणिज्य सचिव पदका लागि ३ जना, १ उद्योग सचिव पदका लागि ३ जना र १ कोषध्यक्ष पदका लागि २ जनाले मनोनयन दर्ता गरेका छन । त्यस्तै २ महिला महिला सदस्यका लागि ४जना र ४ खुल्ला सदस्यमा ८ जनाको उमेद्वारी परेको छ ।
१ लेखा संयोजकका लागि ३ जनाले उमेद्वारी दिएका छन भने २ लेखा सदस्यका लागि ४ जनाले उमेद्वारी दिएका छन ।

 

 

सम्बन्धित खवर