ओली र एमसिसी उपाध्यक्षको टोली विच भेटघाट, ओलीले भने- प्रतिपक्षमा छौं, अहिल्यै धारणा बनाउनु हतार हुन्छ - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

ओली र एमसिसी उपाध्यक्षको टोली विच भेटघाट, ओलीले भने- प्रतिपक्षमा छौं, अहिल्यै धारणा बनाउनु हतार हुन्छ

काठमाडाै/ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारलाई आफूहरू अहिले प्रतिपक्षमा भएकाले एमसिसीबारे धारणा  नबनाएको बताएका छन्। बिहीबार दिउँसो ओलीलाई भेट्न सुमारसहित अमेरिकी टोली उनको निवास बालकोट पुगेको थियो।

भेटघाटमा सहभागी एमाले नेता राजन भट्टराईले दिएको जानकारी अनुसार ओलीले सरकारमा हुँदा आफूहरूले एमसिसी संसदमा टेबल गरेको भए पनि केही व्यक्तिहरूका कारण अड्किएको बताएका थिए।

‘हामी सत्तामा हुँदा संसदमा टेबल गरेका थियौं तर  सभामुखलगायत केही व्यक्तिहरूको भूमिकाका कारण अघि बढ्न सकेन,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराई भने,‘अहिले हामी प्रतिपक्षमा छौं। तपाईंहरूलाई  थाहै छ प्रजातन्त्रमा प्रतिपक्षीको भूमिका के हुन्छ। सत्तारूढ गठबन्धन एमसिसीबारे हामीसँग छलफल नै गरेको छैन। अहिले नै हामीले धारणा बनाउनु हतार हुन्छ।’

साभार : सेताेपाटी

सम्बन्धित खवर