रोगी र दिन दुःखीको सहारा बन्दै धनकुमार तामाङ - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

रोगी र दिन दुःखीको सहारा बन्दै धनकुमार तामाङ

पथरी/ अहिले समाजमा अभियान्ता बन्ने होडबाजी छ । सामाजिक अभियान्ता भनेर समाजमा परिचित कतिले सामाजिक कार्य भन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्दा कहिलेकाहिँ समाजमा सकारात्मक कार्य गर्दै अभियान सञ्चालन गर्नेहरुलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन हुँदै गएको छ । हाम्रै समाजमा केही यस्ता व्यक्ति पनि छन् जो साँच्चै दिन दुखिहरुका लागि खुल्ला हृदयले निस्वार्थ सहयोगमा अगि बढ्छन् । त्यस्ता निःस्वार्थ सेवा गर्नेहरुलाई न कुनै प्रचार नै चाहेका छन् न विभिन आरोप प्रत्यारोपा मुछने गरेका छन् । ति नै निस्वार्थ सेवा गर्ने मनकारीहरुमध्ये एक हुन पथरीशनिश्चरे वडा नं १ निवासी धनकुमार तामाङ ।

उमेरले ४९ औँ वर्षमा दौडिरहेका तामाङ पथरीशनिश्चरेमा व्यापार व्यवसायमा आवद्ध छन् । नेपाली काङ्ग्रेसमा राजनैतिक विचार राख्ने व्यवसायी तामाङले बनाएको छवि पथरीशनिश्चरे नगरमा मात्र हैन, सो आसपासका नगर र गाउँपालिकाहरुमा पनि लोभलाग्दो छ । नेपाली काङग्रेसको जिल्ला सदस्य पदमा रहेर राजनितिमा सक्रिय रहेपनि दिन दुखिहरुलाई सहयोग गर्ने कुरामा उनलाई न राजनैतिक विचारले छेक्छ न त पेशाले नै । उनै तामाङको नेतृत्वमा दिन दुखिहरुको सहयोगको उद्धेश्यले विशाल सहयोगी मन नामको एउटा संस्थानै चलाएका छन् । त्यही संस्थाको सहयोग र पहलमा धेरै विपन्न परिवारको कैयौँ छाक टरेका छन भने रोग विमार लागेर उपचार नपाई थलिएर बसेका कैयौले उपचार पाएको छन् । सवै उमेर समुहका व्यक्तिहरुसँग मिलनसार र सहयोगि भावनाका तामाङले सो संस्थाबाट मात्र नभई ब्यक्तिगत सहयोग पनि धेरै गर्ने गरेका छन् ।

कोरोनाले त्रास फैलाईरहेको समयमा लकडाउनले घरभित्र भोकभोकै थुनिएर बसेका कैयौँ परिवारहरुमा आफु सस्वयम तथा साथीभाईहरुसँग सहयोग जुटाएर उनि सहयोग सहयोग सामग्री सहित पुगिसकेका हुन्थे । वालआश्रम, वृद्धाश्रम जस्ता ठाउँहरुमा पनि उनि बेला बेला सहयोग सहित पुग्ने गरेका छन् । समाजमा भोक र रोगले कोही तड्पिन नपरोस भन्ने सोच राख्न तामाङले हालसम्म दर्जनौ अभियान सफलता पूर्वक सम्पन्न गरेका छन भने आफुले देखेका र आफुले भेटेसम्मका विपन्न परिवारका दुखि विरामीहरुलाई सकेको सहयोग गरिरहेका छन्े । समस्याले पिरोलीएर अध्याँरो बनेका जो कोहीको मुहारमा पनि खुशी ल्यान सक्दा आफुलाई नै खुशि मिल्ने गरेको उनी बताउँछन् ।

पथरी वजारमा अवस्थित प्रतीक्षा कोल्ड सेन्टर सञ्चालन गरेर बसेका तामाङ अहिले पनि सामाजिक कार्यमा उत्तिकै सरिक हुने गरेका छन् । तामाङ सहयोगका कुरामा मात्र हैन समाज सुधार, नगरका वेथिति विसंगती, अन्याय अत्याचार विरुद्ध पनि आवाज उठाइरहने निडर व्यक्ति हुन् ।

सम्बन्धित खवर