एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि उनले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ।

‘तपाईंहरूले देख्नुभएको छ- यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको रक्षा गर्ने हो,’ सुरेश वाग्ले बासु र भिमसेन पोखरेल वैरागीको २२ औं स्मृति सभामा बुधबार प्रचण्डले भने। गठबन्धनलाई कसरी विभाजित गर्ने भनेर षड्यन्त्र भइरहेको उनको भनाइ थियो।

‘यसलाई एमसिसी प्रयोग गरेर फुटाउन सकिन्छ कि, एमसिसी भनेर ल्याइदिएपछि भनेर एक थरि लागिरहेका छन्,’ उनले भने, ‘हामी यथास्थितिमा एमसिसी पारित हुन सक्दैन भनिरहेका छौं।’

सम्बन्धित खवर