व्यापार संघलाई आधुनिक सुचना र प्राविधी मैत्री बनाउन मेरो उमेदवारी : तुलसी लुनिया - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

व्यापार संघलाई आधुनिक सुचना र प्राविधी मैत्री बनाउन मेरो उमेदवारी : तुलसी लुनिया

साइनाे समाचारदाता पथरी/ छोटो समयमा र सानै उमेरमा ब्यापारमा पोक्त भएका पथरीकै पुराना ब्यापारी महाविर खाद्ययन्य खरिद विक्री केन्द्र तथा पथरी ब्यापार संघका संस्थापक अध्यक्ष स्वर्गिय लाल चन्द लुनियाका नाति तुलसी लुनियाले पथरी उद्ययोग बाणिज्य संघमा आफ्नो उमेद्वारी दिने भएका छन ।

हरेक ब्यापारीलाई प्रविधी मैत्रि वनाउदै बाणिज्य संघको सदस्यता घर बसि बसि नविकरणे गर्ने र व्यापार संघको हरेक सुचना तथा गतिविधी सदस्य माझ मोवाइल मार्फत जानकारी गराउने । ब्यापारीलाई मोटिभेसन तालिम र अन्तरक्रृया गर्न आवश्यक रहेका कारण आफू उमेदवार बनेको लुनिया बताउछन ।


समय संगै ब्यापारमा आधुनिकिकरण गर्दै छोटो समयमा लोक प्रिय बनेका २४ बर्षे ठिटो लुनिया टेक संसार प्रा लि कम्पनी द्धारा आई टि संबन्धी काम गदै आएका छन । लुनिया अनलाईनबाट आफ्नो कारोबारलाई प्रदेश नं. १ भित्र ब्यापार फैलाउदै अघि बढेका युवा हुन । उनि खल्ती डिजिटल वालेटका प्रदेश एक प्रमुख हुन भने एन सि एलका कर्पोरेटका मेचि कोसी सुपर भाइजर समेत रहेका छन ।
संघ र ब्यापारीलाई आधुनीक ढङगबाट कोठैमा बसेर पनि व्यापार गर्न सकिन्छ र ग्राहाकलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने उदाहरण लुनियाले गएको लक डाउनमा देखाई सकेका छन ।


संस्थापक अध्यक्ष हजुरबा लाल चन्द लुनिया दुई कार्यकालका कोषाध्यक्ष बुबा महाविर प्रसाद लुनिया र दुई कार्यकालकी सदस्य आमा मिरा देवि लुनियाबाट ब्यापार गर्न सिकेका तुलसी लुनिया व्यापार संग संगै अनलाई ब्यापारबाट सबै सामु परिचित नाम हो ।
ब्यापारलाई आधुनिक प्रविधी संगै नया ठङ्गले अगाडि बढाउन नयाँ नयाँ कुरा खोजि गर्दै लागू गर्न ब्यास्त छन उनी । सबै व्यापारीलाई बिना झन्झट सुचना प्रदान गर्दै अनलाईन सिस्टममा बाधि एकीकृत गर्ने अभियान लिएका लुनिया २८ गते हुन गएको पथरी उद्योग बाणिज्य संघको चुनावमा आफ्नो सदस्य पदमा उमेदवार घोषणा गरेका छन । लुनिया पुरानो सिस्टम बुझ्दै नयाँ सिस्टम लागू गर्ने उदेश्यका साथ केही सिक्ने र जानेको सिकाउन आफू सदस्यमा उमेदवारी दिएको बताउछन ।
“सडकको फुटपातमा व्यापार गर्ने ब्यापारी देखि सपिङ महाका व्यापारीहरु सबै एकै हुन” “उनिहरुले हरेक समय व्यापार संघको गतिविधी पार्दशी ढगले हेर्न र बुझ्न पाउनु पर्छ” “अबका सबै व्यापारी र संघ अनलाईन प्रणालीमा भित्रिनु पर्छ” । त्यसैले म आफु आइटीको ब्यावसायी भएकाले त्यो सिस्टम बनाउन मैले उमेद्वारी दिएको हो । लुनियाले बताए ।

सम्बन्धित खवर