सुन्दर हरैचाका ११ का सभापती माथी कुर्सी प्रहार - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

सुन्दर हरैचाका ११ का सभापती माथी कुर्सी प्रहार

साइनाेखवर माेरङ/ नेपाली काङग्रेसको १४ औं अधिबेसन धेरै बिबाध र लामो समय पछि हुदैछ । केहि जिल्लामा क्रृयासील विवादका कारण अधिबेसन हुन सकेको छैन । बिबाधै बिबाधका विच हुदै गरेको अधिबेसन सम्पन्न नहुदै मोरङको सुन्दर हरैचामा दुई समुह बिच कुर्सी हानाहान भएको छ । वडा नं ११ का वडा सभापती माधव लुइटेल माथी अर्को ख्यामाका कार्यकर्ताले प्लाष्टिक कुर्सी प्रहार गरेका छन ।

वडा नं. ११ ले क्रियाशिल सदस्यमा भएको विवाद समाधान गर्न बसेको भेलामा नवराज बजगाईले आफुमाथी कुर्सी प्रहार गरेको लुइटेलले बताए । आफुलाई ने वि संघ क्षत्रिय सभापती बताउदै हिड्ने पुर्व ने वि संघ जिल्ला सदस्य होम पोख्रेलकाे उस्काउटमा बजगाई आफुमाथी खनिएकाे लुइटेलकाे भनाई छ ।

दुई समुहको झडप छुट्याइ रहेको बेला पुरानो रिसिबी देखाउदै जीवन बजगाइ ले साघेतिक आक्रमण गरेको होमनाथ पोख्रेलको भनाई छ । बजगाइ समायोजनमा फोरम बाट सुन्दरहरैचा सह सचिब मा मनोनीत भएका थिए ।

कृयासील सदस्यबाट क्षेतिय प्रतिनिधी चुनिनु पर्ने भएका कारण कोइराला लाइनका नेताले वडा सभापतिको सिफारिस बेगरै सदस्य थप गरेर केन्द्र पठाएको कारण उत्त वडामा विबाद सृजना भएको छ । कोइराला पक्षले देउवा लाइनका नेताको राजनिती वडामै सक्ने भन्दै ६८ सदस्य जिल्ला पठाएकोमा जिल्लाले १४८ सदस्य केन्द्रमा पठाएर विवाद सृजना गरेको आरोप छ ।

वडा सभापतिको हस्ताक्षरमा ६८ वटा फारम केन्द्रमा पठाएको तर शक्ति र पावरले जिल्लाबाट थप अरु क्रियाशिल पठाए पछि उक्त वडामा विबाद सुरु भएको थियो । आज शनिवार भएको क्रियाशिल सदस्यको भेलामा वडासभापतिले ६८ वटा फारममा मात्र आफुले हस्ताक्षर गरेको जानकारी क्रियाशिल सदस्यहरुलाई गराएका थिए । तर जिल्ला सभापती डिग बहादुर लिम्बुले सुन्दर हरैचाका केहि स्थानीय नेता र जिल्ला समिति सदस्यलाई हराउने रणनितीले १४८ कृयासील सदस्य पठाएर विबाद उठाएको एक स्थानीय नेता बताउछन ।

सम्बन्धित खवर