ठेक्कामा कानुन विपरीत छुटै छुट, भीम पौडेलको कम्पनी विनिता ग्रेड एन्ड सप्लायर्सलाई कालो सुचिमा खाख्न महालेखाको निर्देशन - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

ठेक्कामा कानुन विपरीत छुटै छुट, भीम पौडेलको कम्पनी विनिता ग्रेड एन्ड सप्लायर्सलाई कालो सुचिमा खाख्न महालेखाको निर्देशन

 साइनाेखवर सुनसरी/ कर छली गरेकाे आरारेपमा भीम पौडेलको कम्पनी विनिता ग्रेड एन्ड सप्लायर्सलाई कालो सुचिमा खाख्न महालेखाको जानकारी गराएकाे छ । लेटाङ नगरपालिकाले चिसाङ र तेली खोलाबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री गर्न विनिता ग्रेड एन्ड सप्लायर्सका सञ्चालक भीम पौडेललाई मूल्य अभिवृद्धि कर सहित १४ करोड ३० लाख ५८ हजारमा ठेक्का दिएको थियो ।

नगरपालिकाले ठेक्का बन्दो बस्त गर्दा एकमुष्ट रकम बुझाएको देखाई १ करोड २६ लाख ६० हजार छुट दिई बाँकी ११ करोड ३९ लाख ४० हजार मूल्य अभिवृद्धि कर समेत १३ करोड ३ लाख ९८ हजार रुपैयाँ नगरपालिकाको खातामा चेक मार्फत दाखिला गराई पट्टा जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

तर पौडेलले बुझाएको चेक बाउन्स भई मूल्य अभिवृद्धि कर वापतको रकम २०७७ असार ३० मा मात्रै आन्तरिक राजस्व कार्यालय विराटनगरको नाममा जम्मा भएको देखाएको छ । त्यसैले मूल्य अभिवृद्धि कर सहित एकमुष्ट रकम नबुझाएकाले छुट दिन नमिल्ने १ करोड २६ लाख ६० हजार असुल गर्न र नगरपालिकाले बाउन्स चेक दिने व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कारबाही गर्न महालेखाले भनेको छ ।

पौड्ल पुर्वका खोलाहरुमा एक छत्र राज गर्दै आएका ब्यावसायी हून । प्रत्येक बर्ष खोला ठेका देखि नदि उत्खन्नमा पटक पटक विबादमा आउने गर्छन । मापदण्ड विपरित खोला उत्खन्न गर्दै विबादित बनेका पौडेलको कम्पनीलाई कालोसुचीमा राख्न महालेखाले भनेको छ ।

महालेखा परीक्षण प्रतिवेदनमा प्रदेश १ का ५ वटा स्थानीय तहले आयमूलक ठेक्कामा कानुन विपरीत ठेक्केदारलाई ४ करोड ५३ लाख रुपैयाँ छुट दिएको प्रति प्रश्न उठाइएको छ ।

स्राेत्त कान्तिपुरबाट

पुरा समाचारका लागि

https://ekantipur.com/pradesh-1/2021/08/30/163029057470268811.html

सम्बन्धित खवर