जनताको सुख दुःखकी सारथी उपमेयर बास्तोला - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

जनताको सुख दुःखकी सारथी उपमेयर बास्तोला

साइनाे समाचारदाता पथरी/ कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा विश्व भरिका जनताको दैनिकी कष्टकर बन्दै गएको छ । कोरोनाका कारण धेरैले ज्यान समेत गुमाइ सकेका छन । दोस्रो लहरमा कोरोनालाई धेरैले हेलचेक्राई गरेका कारण कोरोना संक्रमितको संख्या बढ्दो रहेको छ । कोभिड १९ को दोस्रो लहर संगै रुधा खोकी र भाइरल ज्वरोले मानिसहरुलाई ग्रस्त पारेको छ । कोभिडको जोखिमका कारण रुधा खोकी र भाइरल ज्वरोको सामान्य उपचार गर्दै घरमै बसेका नगरबासी र कोभिड १९ को परिक्षण पछि संक्रमितहरु पनि होम आइसोलेशनमा रहेका छन ।

यतिबेला होम आइसोलेशन रहेका कोभिड १९ संक्रमितहरुको मनोवल उच्च बनाउन संक्रमितहरुको घर घरमा पुग्दै आउनु भएको छ पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्ट बास्तोला । धेरै पालिकाहरुले कोभिड १९ को परिक्षण गर्न बन्द गरे पनि पथरीशनिश्चरे नगरपालिकाले भने परिक्षणलाई निरन्तरता दिईरहेको छ । जनताको स्वास्थलाई मध्यनजर गर्दै उपमेयर बास्तोला र स्वास्थ शाखा प्रमुख मुरारी आचार्यको पहलमा परिक्षण निरन्तर रहेको छ भने प्रत्येक परिक्षणमा उपमेयर बास्तोलाले आफ्नो फेसबुक मार्फत जनतालाई सुचिक्रृत गरिरहनु भएको छ ।

जनताको हरेक सुख र दुःखमा रात दिन घाम पानी नभनी सारथी बन्दै आएकी उपमेयर र नगरको पहलमा यतिबेला कारितास नेपालले मोरङको पथरी शनिश्चरे नगरपालिका भित्र रहेका कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्दै आएको छ । कारितास जर्मनको सहयोगमा कारितास नेपाल दमक मार्फत बास्तोलाले संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न शुभकामना दिँदै स्वास्थ्य सामग्री वितरण कार्य गर्नु भएको छ ।

२ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको स्वास्थ्य सामग्री लिएर घर घर पुग्दा उपमेयरको अनुहारमा भन्दा संक्रमितको अनुहारमा खुःसी छाएको देखिन्थीयो ।

त्यसो त बास्तोला निवाचित भएर आए पछि नगरका धेरै जनताले राहत महसुस गरेका छन । एमालेबाट लोकप्रिय मत ल्याएर विजयी हुनु भएकी उपमेयर बास्तोला जनताको पिर मार्का बुझ्न घर घरमै जाने गर्नु भएको छ । बास्तोला जनताको गाँस बासँ कपासको सहजताका लागि जति सक्दो छिटो समाधान गर्दै जनताको प्रिय पात्र बन्नु भएको छ ।


शिक्षाबाट कुनै पनि बालबालीका बन्चत नहुन भन्ने उदेश्यले बालबालीका भर्ना अभियानमा अग्रपङ्तीमा देखिने बास्तोला जेष्ठ नागरीक र असक्त ब्याक्तीको स्वास्थमा पहुच रहोस भनेर घर घरमा स्वास्थकर्मी लिएर पुग्ने गर्नु भएको छ । आफ्नो सुविधा पनि गरिव, दुखी, विपन्न तथा सामाजीक काममा सहयोग गर्दै नगरबासीको मन जित्न सफल बास्तोला मोरङको उत्कृष्ट न्यास सम्पादन गर्ने उपमेयर बन्नु भएको छ ।


ब्याक्तीको विकास संगै नगर र देशको समग्र विकास गर्न सकिने भन्दै नगरका हरेक कार्यक्रममा जनताको सहभागिता हुनुपर्ने बास्तोलाको भनाई छ । महिलाको ब्याक्तीत्व विकासका लागि सिपमुलक तालिम नेत्रित्व विकासका लागि सामाजिक कार्यमा सहभागिता संगै समृद समुदाय निमार्ण गर्न युवाहरुको साथ लिएर अघि बढ्नु भएकी बास्तोलाको नगरबासीले मुक्त कण्ठले प्रसंसा गर्न थालेका छन ।

सम्बन्धित खवर