लकडाउनमा घर भाडा छुट दिने क्याप्टेन तामाङ - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

लकडाउनमा घर भाडा छुट दिने क्याप्टेन तामाङ

साइनो समाचारदाता पथरी/ “नेपाली नेपाली हामी नेपाली, मधेस होस या पहाडी हामी नेपाली” गायक साजन राईको गीतले भनेझैं नेपालमा बस्ने सबै नेपाली हृदयका दयालु छन् । एक नेपालीलाई समस्या पर्दा अर्काे नेपालीको मन चुपचाप रहन सक्दैन ।
“पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ आँधि आए तराईमा पहाडले छेक्नु पर्छ” भने झैं एक नेपालीलाई समस्या पर्दा अर्को नेपाली सहयोग गर्छन भनेर नेपालीले विश्वलाई देखाई सकेका छन ।
देशको ठुलो अर्थतन्त्र ओगटेको बैंकहरुले लकडाउनको समयमा पनि कर्जा बुझाउन तागेता गरिरहेको समयमा पथरीशनिश्चरे वडा नं. २ का गोरखा क्याप्टेन टिका तामाङले दोस्रो लकडाउनमा समेत घर भाडा छुट गरि नेपाली शिर उच्च पारेका छन् ।
अनेकतामा एकता भित्र अटेका नेपाली नेपाली बीच कति एकता छ भन्ने कुरा हालसालैको यो लकडाउनले देखाएको छ । लकडाउन भएको समयमा बिपन्न परिवारलाई राहत बाढ्न निस्किएका नेपालीले घर भाडामा बसेकालाई घर भाडा छुट गरेर उदाहरणीय बनेका छन ।
अघिल्लो लकडाउनले थलिएका डेरावालहरु दोस्रो लकडाउनमा झन ठुलो समस्या परेका छन । दैनिक ज्याला मजदुरी गर्दै घर चलाउने बिपन्न परिवार देखि ठुला व्यापारी ब्यावसायीहरुलाई समेत हम्मे हम्मे परेको छ, परिवार चलाउन । सरकारले लकडाउको समयमा एक अर्कामा सरसहयोग गर्न आब्हान गरे पनि बैंकहरु भने पञ्चायत कालका मुखिया र साहु जस्तै गरि सावाँ, ब्याज तिरे छुट भन्दै समस्या माथि समस्या थोपर्ने गरेका छन ।
बैंकको पिडामा सानो भए पनि मलम पटि लगाउदै सहानुभुति दिलाएका छन् गोरखा क्याप्टेन टिका तामाङले । दोस्रो लकडाउनमा समेत १ महिनाको घर भाडा छुट दिएर उदाहरणीय ब्यक्ती बनेका छन् क्याप्टेन तामाङ ।
लामो समय भारतीय गोर्खा सेनामा बिताएका तामाङ हाल समाजमा केही उदारणीय काम गर्न लागि परेका छन् । झापाको शिवसताक्षीमा बाल्यकाल बिताएका तामाङ अवकाश जीवन मोरङको पथरीशनिश्चरेमा बिताइरहेका छन् ।
गाउँ घरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउँदै सामाजिक कार्यमा दिन कटाउने क्याप्टेन तामाङको अध्यक्षतामा पथरीशनिश्चरे २ बुद्ध चौकमा नयाँ बुद्धको सालीक निमार्ण हुँदैछ । कलिलै उमेरमा भारतीय सेनामा प्रबेश गरि युवा अवस्थामै क्याप्टेन भएका तामाङका २ छोरा र एक श्रीमती छन् ।

सम्बन्धित खवर