सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न परिवारलाई राहात वितरण - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न परिवारलाई राहात वितरण

मोरङ । सबैलाई प्रेम गरौैं कसैलाई घृणा नगरौं भन्ने नाराका साथ सामाजिक कार्यमा सक्रिय रहदै आएको अहमदिया संघ नेपालले मोरङको सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न परिवारलाई राहात वितरण गरेको छ ।
विभिन्न कारणले समस्यामा परेका मोरङको सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न एक सय २० परिवारलाई अहमदिया संघ नेपालले राहत सामाग्री वितरण गरेको हो ।
अहमदिया संघले मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ संग समन्वय गरी वडा क्षेत्रमा बसोवास गर्ने ९० परिवार सुकुम्वासी तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो । वितरण गरिएको राहत सामाग्रीमा प्रति परिवार १० केजी चामल , १ केजी दाल आधा केजी चना , १ केजी नुन २ सय ५० ग्राम सोयविन उपलव्ध गराइयो । संघका केन्द्रीय उपाध्यक्ष मोहमद स्मायलको अध्यक्षता तथा स्थानीय शिक्षक चन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रमको संयोजन स्थानीय संचारकर्मी सरस्वती खड्काले गरेकी थिन् । सोही कार्यक्रममा संघले पथरी शनिश्चरे वडा नम्बर ५ र ६ का ३० परिवारलाई समेत राहत सामाग्री वितरण गरेको संघका केन्द्रय सदस्य मोहमद हैदर अली जानकारी दिए ।
मानवीय सेवाका क्षेत्रमा संघले विभिन्न समयमा सक्रियता जनाउदै आएको संघका सुनसरी मोरगं इञ्चार्ज नइम अहमदले वताए । उनले विपदका समयमा राहात सामाग्रीका साथै मानवीय उपचारमा समेत आफनो संस्थाले सहयोग गर्ने गरेको जानकारी दिए ।

संघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मोहमद स्मायलले समस्यामा परेकाहरुलाई हामीले सहयोग गर्दै आएका छौं त्यसै गरी अरु संघसस्थाहरुले पनि सहयोग पुर्याउनु पर्छ जसले समस्यामा परेकाहरुलाई सहज हुने छ भने ।
अहमदिया संघ नेपाल सुनसरी मोरङका तर्फबाट प्रदेस नम्बर १का विभिन्न ठाउँमा विपदका समयमा राहात वितरणका साथै अन्य सामाजिक कार्यमा समेत सक्रियता जनाउदै आएको छ ।

सम्बन्धित खवर