भिरा ईनकर्पोरेटद्धारा शुद्ध पिउने पानीको तेस्रो शाखा पथरीमा - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

भिरा ईनकर्पोरेटद्धारा शुद्ध पिउने पानीको तेस्रो शाखा पथरीमा

साइनाे समाचारदाता पथरी/ साउन ११
मोरङको पथरी शनिश्चरे बजारमा भिराईन कर्पोरेट प्रा ली को तेस्रो शाखा खुलेको छ । मानिसमा शुद्ध पिउने पानी फिल्टको माग बढ्दै गएका कारण भिरा ईनकर्पोरेट प्रा लीले आफ्नो तेस्रो शाखा पथरी बजारमा खोलेको हो । प्रा लि ले ११ गते सोमबार एक कार्यक्रमका विच पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन र उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतद्धारा डिलरको उद्घाटन गरेको छ ।

पथरी बजारका सफल युवा ब्यावसायी रोजु कोटाका प्रोपाइटर कृष्ण बहादुर थापा (काजी) ले पथरी शनिश्चरेमा शुद्ध पिउने पानीको फिल्टरको माग बढ्दै गएका कारण भिरा ईनकर्पोरेटको डिलर राखेको बताए ।
डिलरको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले नगरका नागरीको स्वास्थका लागि अतिआवश्यक स्वच्छ पिउने पानीको फिल्टर ब्यावसायको सफल्ताको कामना गर्दै वडा गर्नु पर्ने सहयोग गर्ने बताउनु भयो ।
रोजु कोटाले नगरको ब्यापारमा नयाँ ब्यावसाय सुरु गर्दै नागरीको स्वास्थमा टेवा पुर्याउने काम गरेको भन्दै पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले ब्यावसायी काजि थापालाई शुभकामना दिनु भयो ।
प्रत्येक हप्ता एउटा शाखा खोल्दै पुर्वमा ११ वटा शाखा भाद्र १५ सम्ममा खोल्ने तयारी रहेको म्यानेजिङ डाइरेक्टर मोहन बस्नेतले जानकारी दनिु भयो ।

सम्बन्धित खवर