व्याडमिन्टन खेलाडीका लागि बन्याे उर्लाबारीमा कवर्डहल - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

व्याडमिन्टन खेलाडीका लागि बन्याे उर्लाबारीमा कवर्डहल

साइनाे समाचारदाता उर्लाबारी/ मोरङको उर्लाबारी नगरपालिकामा व्याडमिन्टन खेलाडीका लागि कर्बड हलको निर्माण सम्पन्न भएको छ । उर्लाबारी ७ मा स्थानिय भेट्रन व्याडमिन्टन खेलाडीहरुले आफ्नै खर्चमा कर्बड हलको निर्माण सम्पन्न गरेका हुन । ३ गते सोमबार उलाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले एक कार्यक्रमका विच उक्त कर्वड हलको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मेयर फागोले मानिस स्वास्थ रहनका लागि खेलकुदको महत्वपुर्ण भुमिका रहने भन्दै कर्बड हलमा नगरले बिधुतीय जडान गर्ने बताए ।

७ लाखको लगानीमा निर्माण सम्पन्ने कवर्डहलका लागि स्थानिय युवा खेलाडीले जग्गा उपलब्ध गराएको उर्लाबारी भेट्रान व्याडमिन्टन क्लबका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । कवर्डहल निर्माणका लागि अध्यक्ष भण्डारीले १ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन भने युवा व्यवसायी तारामान सेरेङ लिम्बूले २१ हजार ५ सय, डम्बर सुब्बाले २० हजार सहयोग गरेका छन ।

अन्य सहयोग स्थानिय ब्याक्ती, बैदेशीक रोजगारदाता र स्थानीय खेलाडीहरुले रकम संकलन गरेर कवर्ड हल निर्माण सम्पन्न गरेका हुन । कवर्ड हल उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं। ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर