समुहको पैसा माग्दा लिम्बु माथी सामुहिक आक्रमण - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

समुहको पैसा माग्दा लिम्बु माथी सामुहिक आक्रमण

माेरङ/ कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालीकाको सिमानामा रहेको चिसाङमा लक्ष्मिण तामाङको समुहले संजय लिम्बु माथि सामुहिक आक्रमण गरेको छ । सामुहिक आक्रमण परि मोरङ पथरीशनिश्चरे १ निवासी संजय लिम्बु सक्त घाइते भएका छन ।
५/६ जनाको समुहले हतियार सहित आक्रमण गरे पछि लिम्बुको टाउकोमा चोट लागेको छ । आक्रमण गर्ने तामाङलाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरि बेलबारी इलाकामा बुझाएको छ ।


खोला ठेक्काबाट आएको केहि रकम बस्ती कटान रोक्न खर्च गर्नु पर्नेमा अध्यक्ष समेत रहेका तामाङले समुहलाई नदिएका कारण झगडा उत्पन्न भएको थियो । स्थानीय युवाहरुले खोलाले बस्ती कटान गर्न थाले पछि समुह बनाएर केहि रकम ठेकेदार मार्फत उठाउदै आएका थिए । ४ बर्ष अगाडी उठेको ९७ हजार रकम अध्यक्ष तामाङले समुहलाई दिएका थिएन्न । यहि आर्थिक बर्षमा समुहको लगानी गरि तटबन्धन सम्पन्न गरेको थियो । सोही तटबन्धनको रकम स्थानीय सरकारबाट आए पछि बाडफाड भएको र अध्यक्षको नाममा रहेको पुरानो रकम कटाउन खोज्दा हातहतियार सहित आक्रमणमा उतिएका तामाङले लिम्बु माथी प्रहार गरेका थिए ।
तामाङले आफु माथी आक्रमण गर्ने उदेश्य सहित हातहतियार र आफन्त सहित आएको लिम्बुले बताए । तामाङ विरुद्ध आफुले बेलबारी इलाकामा पुलिस केस गरेको उनको भनाई छ ।

सम्बन्धित खवर