बेलबारी नगर सभापतिमा भटराई र लिम्बुको चर्चा - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

बेलबारी नगर सभापतिमा भटराई र लिम्बुको चर्चा

मोरङ नेपाली कांग्रेसको १४औँ महाधिबेसन नजीकिदै गर्दा देशैभर नेपाली कांग्रेसको चहलपहल बढ्न थालेको छ । त्यहि क्रममा मोरङको बेलबारीमा पनि उमेद्धवारका आकांक्षीहरु बढ्न थालेका छन् । जसमा हालका नगर सभापति शम्भु भटराई र नेपाल तरुणदलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बुले आ-आफ्नाे उमेद्धवारी घाेषणा गरेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस बेलबारीको भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । जेठ २५ को तथ्याङ्क अनुसार जम्मा २ हजार ४ सय २४ कृयासिल सदस्यहरु रहेको बेलबारीमा हाल सम्म नगर सभापतिमा दुई जना उमेद्धवारका आकांक्षीहरुको नाम चर्चामा छ । जसमा हालका नगर सभापति शम्भु भटराई र नेपाल तरुणदलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बु रहेका छन् । भटराईले आफु कुनै त्यस्तो लाईन विषेस नभएको र सबैको साझा उमेद्धार भएको बताएता पनि भटराईलाई देउवा खेमाको साथ र समर्थन प्रष्ट देखिएको छ भने नगरका सबै नेता र कार्यकर्ताको दर्वीलो साथ र समर्थन रहेको बताउने छत्र लिम्बुलाई कोईराला पक्षधरले उमेद्धारको रुपमा अघि सारेको छ । दर्जनौ संघ संस्थाको नेत्रित्व तहमा बसेर कुसलतापुर्वक काम गरिरहेका लिम्बु आफु शक्तिसाली उमेद्धार रहेको दावी गर्छन् भने भटराई पटीमा अनुभव र नगरका सबै नेताहरुको साथ भएकोले आफु शक्तिसाली उमेद्धार रहेको दावी गर्छन् । तर बेलबारीमा १४ अधिवेसनमा सर्वसम्मत नेत्रित्व चयनमा डा.सुनिल सर्माले जोड दिएका छन् । बेलबारीका स्थायी बासिन्दा समेत रहेका डा. शर्मा यसअघिको संसदिय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का उमेद्धार हुन् । पाटिमा दुई जना नगर सचिव रहने व्यवस्था छ । जसमा चार जनाको नाम चर्चामा रहेको छ । शम्भु भटराई लाईनबाट नेपाल तरुण दलका जिल्ला सदस्य समेत रहेका ज्ञानुराज राई र हाल नगर कोषाध्यक्ष रहेका जनक पोख्रेल छन् भने छत्र लिम्बु लाईन बाट कुलप्रसाद बराल,सन्तोष भट्टराई र शेषराज घिमिरेको उमेद्धारी चर्चामा रहेको छ । संशोधित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

सम्बन्धित खवर