वडाबाट २ स्वयम् सेविका सम्मान - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

वडाबाट २ स्वयम् सेविका सम्मान

सराेज निराैला/ पथरी
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले २ स्वयम् सेविकालाई सम्मान गरेको छ । लामो समय देखि वडा नं ८ मा रहेर स्वयम् सेविका काम गर्दै आएका मन्जु बस्नेत, सरस्वती चौधरीलाई वडाले सम्मान गरेको हो ।
वडा कार्यलयको आयोजनामा भएको सम्मान तथा चेतनामुलक कार्यक्रममा नगद १० हजार सहित दोशल्लाहा ओडार सम्मान गरिएको थियो ।

वडामा रहेर लामो समय काम गरेका बापत प्रोसाहान स्वरुप स्वयम् सेविकाहरुलाई सम्मान गरेको र आगामी दिनमा पनि वडा राम्रो काममा सम्मान गर्ने निती रहोस भनि सम्मान गरेको वडाध्यक्ष बाबुराम दाहालले बताए ।
स्वयम् सेविकाहरुले देशलाई सेवा गरेबापत वडा नं. ८ ले गरेको सम्मानको प्रसंसा गर्दै नगर प्रमुख दिलिप कुमार राईले नगरले पनि स्वस्थ स्वयम् सेविकाहरुलाई प्रोसाहान गर्ने गरेको बताए । राज्यले अवकास प्राप्त स्वयम् सेविकाहरुलाई १० हजार सहित अवकास दिने निर्णय गरे अनुरुप नगरले ५० हजार थप गरी ६० हजार र सम्मान गर्ने गरेको नगर प्रमुख राईले बताए ।
सम्मान तथा चेतनामुलक कार्यक्रममा नगर स्वास्थ शाखाका कर्मचारी एकराज खत्रिले स्वास्थका बारेमा सहजिकरण गर्नु भएको थियो ।

सम्बन्धित खवर