मोरङमा पत्रकार फाउण्डेसन गठन, संचारकर्मीको अधिकारका लागि काम गर्ने - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

मोरङमा पत्रकार फाउण्डेसन गठन, संचारकर्मीको अधिकारका लागि काम गर्ने

मोरङमा पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने योजना

मोरङका बिभिन्न क्षेत्रमा रहेर सकृय पत्रकारीता गर्दै आएका पत्रकारहरूले फाउण्डेसन मार्फत नाैलाे काम गर्ने भएका छन । मंगलबार माेरङकाे विराटनगरमा बसेको बैठकले पत्रकारका हकहितका लागि पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन गरेका छन ।


संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने उद्देश्य राखेर समिति गठन गरिएको हो । न्यू सृष्टि दैनिकका प्रकाशक/प्रधान सम्पादक शंकर खरेलकाे अध्यक्षतामा १६कार्यसमिति गठन भएकाे हाे । समितिकाे वरिष्ठ उपाध्यक्षमा कौशल निरौला उपाध्यक्ष ब्रम्हदेव यादव र निर्मल ढुंगाना,  महासचिवमा वीरेन्द्रकुमार साह, सचिव गोपाल काफ्ले,कोषाध्यक्षमा सुधा थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा श्रीमन्त भट्टराई, राज पोखरेल, प्रकाशनारायण झा, अनुज सापकोटा, रोसिका अधिकारी, नवराज काफ्ले, दिलीप अग्रवाल, सरिता कर्मकार, एलएन गच्छदार छन् । मंगलबार विराटनगरमा भएको भेलाले गठन गरेको कार्यसमितिमा सबै क्षेत्रलाई समेटिएको महासचिव साहले बताए । समितिमा थप दुई सदस्य चयन हुन बाँकी छन् ।
‘संचारकर्मीलाई पीरमर्का परेको बेला जस्तोसुकै सहयोग पनि गर्ने उद्देश्य राखिएको छ’ अध्यक्ष खरेलले भने, ‘हामी कसैप्रति पूर्वाग्रह हुन्नौ, सामाजिक कार्यमा संलग्न हुने उद्देश्यसहित फाउण्डेसनको जग बसालेका हौं ।’
बैठकमा सामाजिक अभियन्ता तथा कांग्रेसका युवा नेता राजेशकुमार गुप्ताले सामाजिक कार्यमा संचारकर्मीलाई जोड्ने प्रयासका लागि शुभकामना दिए । बृहद शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले नवगठित कार्यसमितिले सामाजिक कार्य र संचार क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यस्तो सशक्त टिमले धेरै असल काम गर्न सक्छ ।’
महासचिव साहले आफुहरू सकारात्मक सोचका साथ आएको रफाउण्डेसन कुनै संस्थाको विकल्प नभएको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष निरौलाले सेवाको क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने बताए ।

सम्बन्धित खवर