पथरी शनिश्चरेमा तरुण वडा कमिटि गठन - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

पथरी शनिश्चरेमा तरुण वडा कमिटि गठन

सरोज निरौला पथरी/  नेपाल तरुणदलले वडा वडामा तरुण कमिटि गठन र अन्तकृया कार्यक्रम गरेको छ । पथरीशनिश्चरे तरुण नगर कमिटिको आयोजनामा पथरीशनिश्चरे वडा नं. ९ मा वडा कमिटि गठन भएको छ भने वडा नं. ७ मा अन्तकृया कार्यक्रम भएको छ ।


तरुण नगर सभापति सन्तोष कटुवालको अध्यक्षतामा भएको भेलाले सैलेश दाहाललाई वडा सभापतिमा निर्विरोध चयन गरेको छ । भेलाले दाहालको सभापतित्वमा २० समिति गठन गरेको छ जस्मा उपसभापति प्रकाश लिम्बु, सचिव रोशन कुमार ठाकुर, सह–सचिव डिल्ली पौडेल चयन भएका छन ।


नव गठित कार्यसमितिलाई नेपाली काङग्रेस नगर सभापति टेक बहादुर थापा, पथरी शनिश्चरे नगर विकास समितिका अध्यक्ष पशु कार्की, नेत्रि रमा दाहाल, विर बाहादुर राई, तरुन नगर सभापती सन्तोष कटुवालले बधाई तथा शुभकामना दिनु भएको छ ।
पछिल्ले समय सरकार तानाशाहा प्रविधी बढै गएका कारण खवरदारी गर्न कमिटि गठन गरेको तरुण नगर सभापति सन्तोष कटुवालले बताए । गुट र उप गुट भन्दा पनि सहि नेत्रित्वको पक्षमा अगाडी बढ्दै देश, पाटीलाई खवरदारी गर्ने कटुवालले बताए ।

 

सम्बन्धित खवर