लेटाङ नगरपालिकाको नवौं नगर सभा सम्पन्न, २०७८/७९ को कुल बजेट ९० करोड ८६ लाख २७ हजार - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

लेटाङ नगरपालिकाको नवौं नगर सभा सम्पन्न, २०७८/७९ को कुल बजेट ९० करोड ८६ लाख २७ हजार

पथरी/ मोरङको लेटाङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को कुल बजेट ९० करोड ८६ लाख २७ हजार विनियोजन गरेको छ । १० गते भएको नवौं नगर सभामा नगर उप प्रमुख कृष्ण कुमारी निरौलाले आर्थिब ७८/७९ को बजेट प्रस्तुत गर्दै गत बर्षको तुलनामा १३ करोड १८ लाख ९४ हजार १ सय ८२ रुपयाँ बढेको जानकारी दिनु भयो ।

जस अन्तरगत पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक विकास तर्फ २८ करोड ४३ लाख १२ हजार रुपैया विनियोजन भएको छ । आर्थिक विकासमा २ करोड ८९ लाख ९५ हजार र कार्यालय संचालन तथा प्रसासनीक खर्चमा १० करोड ९६ लाख गरि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट प्रस्तुत भएको हो ।


प्रस्तावित बजेट पुर्तीका लागि संघिय सरकारवाट प्राप्त समानिकरण अनुदान रु १२ करोड ५० लाख, राजश्व वाडफाँडवाट ९ करोड ८५ लाख ६३ हजार ४ सय ८० रुपैया ,सशर्त २० करोड ९३ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड १५ लाख , संघीय सरकार विशेष अनुदान १ करोड ९९ लाख, संघीय सरकार अन्य अनुदान ५० लाख रहेको उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेश सरकार वाट समपुर अनुदान १ करोड, समानिकरण अनुदान ७२ लाख ११ हजार, सशर्त अनुदान १ करोड ५० हजार, जिल्ला समन्वय समितिवाट ५८ लाख ४३ हजार, आन्तरिक राजश्ववाट प्राप्त हुने १९ करोड ७१ लाख २ हजार ५ सय २० रुपैया र गत वर्षको अनुमानित नगद मौज्दात २० करोड, नगद सहभागिता १ करोड ५० लाख रहने बजेटमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर