विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड ३ लाख - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड ३ लाख

विराटनगर / विराटनगर महानगरपालिकाले आठौं नगरसभामाबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्यायको अनुमान प्रस्तुत गरेको छ ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५,पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार,राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार,आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार,अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००,संघसंस्थाबाट १ करोड ४४ लाख,जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख,सामाजिक विकास क्षेत्रमा १ अरब २६ करोड ६९ लाख,सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

महानगरले नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख,ल्याण्डफिल्ड साइड,अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।

विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड,सन्ध्याकाल आरतीका लागि २ करोड,हिमालय रोड निर्माण गर्न ३ करोड,महानगर आवास योजनाका लागि ९० लाख,फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड,फ्लाई ओभरका निर्माणका लागि २ करोड ४५ लाख,प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख,युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख,स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित खवर