पथरीशनिश्चरेका वडाध्यक्षद्धारा वडाध्यक्षलाई मार्ने धम्की - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

पथरीशनिश्चरेका वडाध्यक्षद्धारा वडाध्यक्षलाई मार्ने धम्की

मोरङको पथरीशनिश्चरे नगरपालीका वडा नं. १० का वडाध्यक्ष सागर राईलाई वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले ज्यान मार्ने धम्की दिएका छन । ७ गते सोमबार कार्यपालीका बैठक चलिरहेको समयमा विबाद भए पछि वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले आफुलाई ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष सागर राईले बताए ।


वडाध्यक्षले वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिने वडामा जनताको सुरक्षा कस्तो होला प्रश्न चिन्न उब्जीएको छ । जनताबाट निवाचीत वडाध्यक्षले वडाध्यक्षलाई कार्यपालीका बैठक भित्रै मापसे सेवन गरी धाकधम्की दिदा सम्म जनप्रतिनिधीहरु चुईक्क नबोल्नुले नगर भित्र कति बेथिती छ भन्ने प्रस्ट हुन्छ ।

एक वडाध्यक्षले कार्यपालीका बैठकमा नगर प्रमुख उप प्रमुख सहित सम्पुण कार्यपालीका सदस्यलाई थर्काउने गरेको कार्यपालीका सदस्य बताउछन ।

१० गते हुने नगर सभाको पुर्व तयारीका लागि नगर प्रमुख उपप्रमुख सहित कार्यपालीका सदस्यकै अगाडी कार्यपालीका बैठकमा वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले मापसे सेवन गरि अभद्र ब्यावहार देखाए पछि बैठक स्थगित भएको थियो । बैठकमा अभद्र ब्यावहार भए पछि बैठक मयादीत बनाउन र मापसे चेक गरि कावाही अगाडी बढाउन १० का वडाध्यक्ष सागर राई माग गरेको बताए ।

मैले त्यती भने पछि कार्यपालीकाका सदस्यहरुकौ अगाडी म डन हुन, मैले खाए के भयो, जातले पाको खान्छु, मैले मान्छे कुट्दै हिड्दा त भोटो पनि नलगाई हिड्थी, ठुलाकुरा नगर तलाई पनि मारिदिन्छु भन्दै म माथि झम्टीए वडाध्यक्ष सागर राई बताए ।

म माथी धम्की दिए पछि मैले पनि मयादा पालन गरि खेल्ने भए बाहिर जाउ सिङगल सिङगल भिड्ने भने पछि कार्यपालीका सदस्यहरुले मापसे गरेकोमा माफि मगाएर बैठक स्थगित भएको राईको भनाई छ ।
आफु माथि ज्यान मार्ने धम्की आए पछि पथरी इलाका प्रहरी कार्यलयका इन्चार्ज डि एस पि कृष्ण खड्कालाई फोन गर्दा उठाउनु भएन वडाध्यक्ष राईले बताए । यता डि एस पि कृष्ण खड्काले भने राई संग सम्पर्क भएको तर ज्यान मार्ने धम्कीका विषयमा कुनै कुरा नभएको बताए ।

हिजो रोकीएको कार्यपालीका बैठक आज ८ गते बसेको छ । तर १० का वडाध्यक्ष सागर राई बैठकमा उपस्थीत भएन्न । आफुलाई सुरक्ष थ्रेड भएको र कार्यपालीका बैठक बस्नु भन्दा ३ दिन अगाडी जानकारी हूनु पर्ने राईले बताए ।
७ गते बैठकमा बिबाद भएको र बिबाद सोहि दिन मिलेको, आज फेरी बैठक बस्यो, उहाले केहि योजनाहरु टिपाउनु भएको र बैठकमा ज्यान मार्ने धम्की दिएका विषयमा पनि छलफल भएको नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष याम गुरगाईले बताए ।

सम्बन्धित खवर