माेरङमा फेरि थपियो निषेधाज्ञा, १२ बजेसम्म बजार खुला गर्न दिने - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

माेरङमा फेरि थपियो निषेधाज्ञा, १२ बजेसम्म बजार खुला गर्न दिने

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित निषेधाज्ञाको समय थप गरेको छ । मंगलबार बिहानबाट असार १४ गतेसम्मका लागि विराटनगरसहित जिल्ला भरी निषेधाज्ञा अवधि थप गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा थप गरिएपनि दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको छ ।
यसअघि अतिआवश्यक पसल र पुस्तक पसल बिहान ११ बजेसम्मका लागि खुला गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण दर घट्दै गएकाले सबै खालका पसल सतर्कतासहित दिउँसो १२ बजेसम्मका लागि खुला गर्न दिने निर्णय भएकाे उनले बताए ।

सम्बन्धित खवर