रंगेलीमा सशस्त्र प्रहरी बि. ओ.पि. काे भवन समुद्घाटन - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

रंगेलीमा सशस्त्र प्रहरी बि. ओ.पि. काे भवन समुद्घाटन

रबिन्द्र बराल रंगेली/ मोरङको रंगेली नगरपालिका ५ स्थित घनापट्टिमा सशस्त्र प्रहरी बल नेपाल बि‍ ओ.पि. धनापट्टीको नव निर्मित भवनको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको निति तथा सिमा सुरक्षाको लागि रंगेलीमा थप बि.ओ.पि. स्थापना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा अथितिहरुले सिला लेखको अनावरण गर्नुका साथी कम्पाउन्ड भित्री बृक्षारोपण समेत गरेका थिए । भवन उद्घाटनमा रंगेली नगरपालीकाका नगर प्रमुख दिलिप कुमार बगडिया, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री बंशीराज दाहाल, ससस्त्र प्रहरीका एस पी तिर्थ पौडेल, नगरपालिकाका कर्याकारी अधिकृत टोम प्रसाद सुवेदी्, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, बि. ओ.पि. रंगेलीका प्रहरी निरिक्षक कमल बहादुर अधिकारी, रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डे , समाजसेवी मनोज कुमार अग्रवाल, बिनोद कुमार मण्डल, लगायतको उपस्थिति रहेको थियोे ।

भवन निर्माणका लागि स्थानीय राकेश मण्डलले ४ कठ्ठा, शंकर कुमार मण्डल र मोहनलाल मण्डलले १÷१ कठ्ठा गरी ६ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । समाज सेवी, जग्गा दाता र स्थानीयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल बि. ओ.पि. स्थापना गरिएको हो । उक्त भवन २०७७ माघ १७ गते शिलन्यास गरेर २०७८ र असार ७ गते सम्पन्न भएको छ । नव निर्मित भवनमा ४ कोठा १ ब्यारेक, स्टोर रुम सहीतको किचन निर्माण गरिएको छ। भवन निर्माणकार्यका लागि रंगेली नगरपालिकाबाट १६ लाख रुपैयाँ तथा समाजसेवी मनोज कुमार अग्रवालबाट ३ कोठाको छत ढलान सहित शौचालय, जस्ता पता र स्नान घर निर्माण भएको छ । समाजसेवीहरुको सहयोगमा उक्त भवन निर्माणकार्य सम्मपन्न भएको र ३५ लाख रुपैयाँ बराबरको लागतमा उक्त भवन निर्माणकार्य गरिएको प्रहरी निरिक्षक कमल बहादुर अधिकारीले बताए ।

सम्बन्धित खवर