लकडाउनका कारण किस्कु नर्सरी बिरुवा नष्ट - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

लकडाउनका कारण किस्कु नर्सरी बिरुवा नष्ट

रबिन्द्र बराल रंगेली/ मोरङ रंगेली नगरपालिका ४ स्थित आमतोलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातको बिरुवाहरु नष्ट हुन थालेकाे छ । बिश्वब्यापी रुपमा फैलिएकाे कोरोना सङ्क्रमणका कारण १ लाख रुपैयाँ बराबरको २० हजार विरुवा नष्ट भएको किस्कु नर्सरीका सन्चालक सोनेलाल किस्कुले बताए ।

पहिलाे र दाेस्राे चरणकाे लकडाउनका कारणले गर्दा उक्त नर्सरीमा बिक्रीवितरणका लागि उत्पादन गरिएको आँप, लिच्ची, अम्बक , मसला, कदम, टिक, मलेसियन सखुवा जस्ता विरुवाहरू र सिजन अनुसारका फुलहरू नष्ट भएको हाे । बर्षो देखि सन्चालनमा गर्दे आएको नर्सरीबाट आफुहरुले बार्षिक रुपमा ४ लाख देखि ६ लाख रुपैयाँ सम्म आम्दानी गर्दे आईरता पनि लकडाउनका कारण अहिले उनिहरुलाई आफ्नो मेहनत समेत उठाउन समस्या परेको सोनेलालले बताए ।

यसै बर्ष देखि रंगेली ७ संन्सारी मंन्दिर नजिकैमा समेत किस्कु नर्सरीले बर्षिक रुपमा ६४ हजार रुपैयाँ तिरेर १४ कठ्ठा खेती भाडामा लिएर नर्सरी समेत सन्चालन गर्दे आईरहेको भएता पनि लकडाउनका कारण बिरुवाहरु बिक्रीवितरण नहुदा खेतको भाडा समेत तिर्न आफूलाई समस्या परेको सोनेलालले बताए ।

लकडाउनका कारण ग्राहकहरु नआउदा आफूहरुले उत्पादन गरेको बिरुवाहरु नष्ट भएको र नष्ट भएको बिरुवाहरु खाल्डोमा फाल्न बाध्य रहेको उनले बताए । सोहि व्यवसायबाट आफुले ८ जनको परिवार पालनपोषण गर्दे आईरहेता पनि लकडाउनका कारण बिरुवा बिक्री नहुदा परिवारलाई पालनपोषण गर्ने समेत थप समस्या परेको उनले बताए । निर्वात रुपमा आवतजावत हुने समयमा उक्त नर्सरीमा बिरुवा खरिद गर्ने बिराटनगर ,कटहरी, डाईनियाँ, ईटहरा, रंगेली ,दर्वेशा, तथा सिमाबर्ति क्षेत्रबाट विभिन्न प्रकारका बिरुवाहरु खरिद गर्ने आउने गरेको बिश्वनाथ किस्कुले बताए ।

सम्बन्धित खवर